|

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक चार सय मानिस आफुलाई कोरोना संक्रमण भए/नभएको जँचाउन आउने गरेका छन्‌। यी मध्ये धेरैजसो बाहिरी जिल्लाबाट सरुवा भएर आएका सरकारी कर्मचारी तथा उपत्यका बाहिरबाट आएका व्यक्तिहरू रहेका अस्पतालका चिकित्सकहरूले जानकारी दिएका छन्‌।

बाहिर जिल्लामा लकडाउनको कारण रोकिएका, सरुवा भएर आएका कर्मचारी तथा अन्य व्यक्ति, काठमाडौं भित्रिनेहरू तथा घर भाडामा बस्नेहरू परीक्षणका लागि आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले बताए।

पीसीआर टेस्टका लागि टेकु अस्पतालमा मानिसहरुको भीड देखिन्छ। लाइनमा बस्नेले सामाजिक दुरी कायम गरेका छैनन्। अत्यधिक भीडभाडले संक्रमण जोखिमलाई झन्‌ बढाइदिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.