|

ओखलढुंगा : ओखलढुंगाका कोरोना संक्रमितलाई विराटनगरस्थित कोभिड अस्पतालमा पठाउने तयारी थालिएको छ। भारतबाट घर फर्केका लिखु गाउँपालिका-३ का २८ वर्षीय युवामा आइतबार कोरोना पुष्टि भएको थियो।

भारतबाट आएर क्वारेन्टाइनमा रहेको बेला संक्रमण पुष्टि भएका उनलाई सोमबार विराटनगर पठाइने लिखु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनानाथ चौधरीले बताए।

जिल्लामा पहिलोपटक कोरोना संक्रमण देखिएपछि सतर्कता अपनाइएको छ। हालसम्म लिखुमा १३ जना क्वारेन्टाईनमा रहेको र बाँकी ८ जनामा कोरोना नेगेटिभ रहेको छ भने बाँकी ४ जना सोमबार क्वारेन्टाईनमा थपिएको चौधरीको भनाइ छ।  एक हप्ता अघि भारतको गोरखपुरबाट आएका ती युवालाई सीधै क्वारेन्टाइनमा राखिएको थियो।

जिल्लामा कतिको भयो परीक्षण?

ओखलढुंगामा हालसम्म १०८ जनाको पिसिआर र ५१३ जनाको आरटिडी परीक्षण भएको छ। पछिल्लो समय भारतको विभिन्न स्थानबाट ओखलढुंगा आएका ८९ जना क्वारेन्टाइनमा रहेका छन्। सोमबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले संक्रमितको थप उपचारका लागि कोभिड अस्पताल पठाउने, कोरोना संक्रमितसँग सम्पर्क भएका व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने, जोखिम नियन्त्रणका उपायहरु अपनाउने, सुरक्षा नाकामा थप व्यवस्थित गर्नेलगायतका निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.