|

काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया आएका बंगलादेश र पाकिस्तानका अधिकांश नागरिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएपछि प्रतिबन्ध लगाइएको छ।
शनिबार र आइतबार दुवै देशबाट आएको ३१ जनालाई भाइरसको संक्रमण पुष्टि भएको थियो । दक्षिण कोरिया सरकारका अनुसार दुवै देशका नागरिकलाई मंगलबारदेखि दक्षिण कोरिया आउन प्रतिबन्ध लगाइएको हो।

कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै ती देशहरुबाट कोरिया आउने तयारीमा रहेकाहरुको पनि भिसा रद्द गरिएको छ। त्यसैगरी, भिसा लिने क्रममा रहेकाहरुको पनि प्रक्रिया रद्द गरिएको छ । कूटनैतिक तथा अति आवश्यकीय व्यावसायिक चार्टर्ड उडानबाहेक दुवै मुलुकबाट हुने उडानलाई अनुमति नदिइने न्याय मन्त्रालयले जनाएको छ।

भाइरसको संक्रमण बढेपछि तीनपटक चार्टर हवाईजहाजमार्फत ५ सयभन्दा बढी नेपालीहरु कोरिया पुगेका छन्।  अहिलेसम्म दक्षिण कोरियामा कुनै पनि नेपालीलाई कोराना लागेको छैन। नेपालबाट आएकालाई संक्रमण देखिए कोरिया सरकारले नेपालीलाई पनि यात्रा प्रतिबन्ध लगाउने आशंका गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.