साउदी अरेबियाको राजधानी रियादमा आज बिहानै ड्रोन तथा मिसाइल हमला भएको छ। रियादमा रातको समय थुप्रै विस्फोट र सायरनहरूको आवाज सुनिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
अमेरिकी दूतावासले रियादमा ‘सम्भावित मिसाइल वा ड्रोन’ हमला भएको पुष्टि गरेको छ। उक्त आक्रमण रियाद भवनमा गरिएको बताइएको छ। उक्त आक्रमणहरू ईरान र यमनबाट आएका हुथी समर्थक विद्रोहीहरूले गरेको आशंका गरिएको छ। अमेरिकी दूतावासले नागरिकहरूलाई सावधानी अपनाउन अपील गरेको छ।
अमेरिकी दूतावासले विज्ञप्तिमा जारी गर्दै यदि केहि विस्फोटको आवाज सुनिएमा तुरुन्त सुरक्षित ठाउँमा रहन अपील गरेको छ। दूतावासको यो अप्रत्याशित अपीलपछि रियादमा मिसाइल आक्रमण भएको पुष्टि भएको छ। हुथी विद्रोहीहरूले रियादमा थप आक्रमण गर्न सक्ने अनुमान गरिएको छ। यसअघि साउदी अरेबियाले हिजो मात्रै यमनमा हुथी विद्रोहीहरूको धेरै ड्रोन हमला विफल पारेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।