काठमाडौं : रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा ६ जनाको मृत्युको भएकोमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाहीकाे माग गर्दै माइतीघरमा सिट्ठी बजाएर विरोध प्रदर्शन गरिएको छ। संयुक्त राजनीति दलित संघर्ष समितिको काठमाडौंको आयोजनामा मंगलबार प्रदर्शन भएको हो।
माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शनकारीले सिट्ठी बजाएर विरोध गरेका थिए। जातीय छुवाछुतकै कारण घटना भएकोले पीडकलाई तत्काल सजायको माग गर्दै प्रदर्शन गरिएको नेपाली कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी परियारले बताइन्। सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी पनि दिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।