|

पर्वत : गण्डकी प्रदेशमा अहिलेसम्मकै ठूलो संख्यामा एकै दिन १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितको कुल संख्या ६ सय ९७ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालको प्रयोगशाला गरी ३ ठाउँमा जाँच गरिएका पिसिआर परीक्षणको नतिजामा यो संख्या समावेश छ। ​

मंगलबार साँझ स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्तिमा बागलुङमा ६ जना, कास्कीमा ७ जना, पर्वतमा २१ जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ३८ जना, तनहुँमा १ जना, स्याङजामा १३ जना र गोरखामा १८ जना संक्रमितहरू थप भएका छन्।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बागलुङको ढोरपाटन नगरपालिकाका ५ जना पुरुष र १ जना महिला गरी ६ जना, कास्कीको पोखरा महानगरपालिकाका ३ जना पुरुष र ४ जना महिला गरी ७ जना, पर्वतको बिहादी गाउँपालिकाका २ जना पुरुष, पैयुँ गाउँपालिकाका ३ जना पुरुष र २ जना महिला, कुस्मा नगरपालिकाका ९ जना पुरुष, मोदी गाउँपालिकाका २ जना पुरुष र १ जना महिला तथा फलेवास नगरपालिकाका २ जना पुरुषमा संक्रमणको पुष्टि भएको हो।

यस्तै नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिकाका ९ जना पुरुष र १ जना महिला, बैदीकाली गाउँपालिकाका ५ जना पुरुष र ५ जना महिला तथा स्थानीय तह नखुलेका १ जना पुरुषमा संक्रमण भएको छ। 

तनहुँको घिरिङ गाउँपालिकाका १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। स्याङ्जाको गल्याङ नगरपालिकाका ३ जना पुरुष, भीरकोट नगरपालिकाकी १ जना महिला,  कालीगण्डकी गाउँपालिकाका २ जना महिला, चापाकोट नगरपालिकाका ४ जना पुरुष र १ जना महिला तथा वालिङ नगरपालिकाका २ जना पुरुषमा पनि संक्रमण पाइएको छ।

पोखरा र काठमाडौंमा गरिएको परीक्षणमा गोरखाको भीमसेन थापा गाउँपालिकाका ४ जना पुरुष र ८ जना महिला, सहिद लखन गाउँपालिकाका ३ जना पुरुष, बारपाक सुलीकोट गाउँपालिकाका १ जना पुरुष र स्थानीय तह नखुलेका २ जना पुरुषमा पनि संक्रमण रहेको पुष्टि भएको छ। 

उता भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिकाका १ जना पुरुष र १ जना महिला गरी २ जना तथा बुलिङटार गाउँपालिकाका १५ जना पुरुषमा संक्रमणको पुष्टि भएको डा. शर्माले बताएका छन्। 

सम्बन्धित जिल्लाका क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा रहेका उनीहरू कतिपयलाई मङ्गलबार नै सम्बन्धित जिल्लाका आइसोलेसनहरूमा सारिएको र बाँकीलाई बुधबार बिहानैबाट सार्ने तयारी भइरहेको पनि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बताएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.