|

काठमाडौं : भारतीय सेना प्रमुख मनोज मुकुन्द नरभाने दुईदिने भ्रमणका लागि लद्दाख पुगेका छन्। 

उनी हिजो लद्दाख पुगेर त्यहाँको गतिविधि अवलोकन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  भ्रमणको क्रममा नरभानेले भारत–चीन सीमाक्षेत्रमा जुन १५ मा भएको झडपमा परी घाइते भएका सैनिकहरुसँग अस्पतालमा पुगेर स्वास्थ्यस्थितबारेमा पनि जानकारी लिएका थिए।  झडपपछि भारत–चीन सीमाक्षेत्रमा तनाव बढेको छ। 

लद्दाखको गलवान क्षेत्रमा भारत र चीनबीच भएको झडपमा भारतीय सेनाका कर्णेलसहित २० जनाको मृत्यु भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.