सहरी क्षेत्रमा कौसी खेती र सडकमा साइकल ट्रयाक बनाइने

|

डडेल्धुरा : कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका २०७७/७८ का लागि १ अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। बुधबार पाँचौं नगरसभामा उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले आगामी वर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेकी हुन्। 

प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ८५ करोड र पुँजीगत खर्च तर्फ ७८ करोड ८२ लाख रहेको छ। आयतर्फ आन्तरिक आय १९ करोड ९९ लाख ७३ हजार ६ सय ६०, वित्तीय समानीकरण २९ करोड २ लाख, राजस्व बाँडफाँटबाट १८ करोड ४० लाख, सशर्त अनुदान ५० करोड २६ लाख, प्रदेश सरकार समपूरक कोष अनुदान २ करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदान १ करोड १४ लाख र अन्य आय ४२ करोड ५० लाख २६ हजार ३ सय ४० उल्लेख गरिएको छ।

उपप्रमुख भट्टले आगामी वर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेको बजेटमा कोभिड–१९ बाट सिर्जित संकट व्यवस्थापन, पूर्वाधार विकास, कृषिमा आधुनिकीकरण, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रविधि तथा संचार विकास, उद्यम तथा सहकारी विकास, मानव संशाधन सामाजिक विकास, पर्यटन प्रवर्द्धनलगायत बजेटले प्राथमिकता दिएको छ। 

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर आगामी वर्षको बजेटमा पर्यटन प्रवर्द्धन, कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरणमा विशेष जोड दिएको छ। नीति तथा कार्यक्रममा नयाँ कार्यक्रमभन्दा पनि विगत वर्षकै कार्यक्रमलाई निरन्तरता दिएको देखिएको छ। नीति तथा कार्यक्रममा कोरोना सक्रमण (कोभिड–१९) रोग व्यवस्थापन गर्नमा बजेट छुट्याउने उल्लेख गरेको छ।

उपमहानगरमा कृषितर्फ जैविक प्रोत्साहन गरिने प्रस्तुत कार्यक्रममा उल्लेख छ। उपमहानगरको पर्यटन विकासका लागि विभिन्न कार्यक्रमहरु अगाडि सारेको छ। कृषि र कोरोना महामारी व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखेको कार्यक्रममा संक्रमण रहँदासम्म अशक्त, असाय, एवं आर्थिकरुपले विपन्न गर्भवती, महिला र ज्येष्ठ नागरिलाई रातहका लागि बजेटको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । कृषि अन्तर्गत सहरी क्षेत्रमा कौसी खेतीलाई सुरुवात गरिने जनाएको छ।

नीति तथा कार्यक्रममा गत वर्ष सुरु हुन नसकेको कार्यक्रमलाई निरन्तरता दिएको छ। कैलाली नाला, सुकुटी नाला, मोहना दनीमा साइकल ट्रयाक निर्माण गरिने विगत वर्षको योजनालाई निरन्तरता दिने भनिएको छ। पाँचौ नगर सभा उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडको सभापतित्वमा संचालन भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.