|

चन्द्रपुर : रौतहटको १८ स्थानीय तहहरु मध्ये १० वटा स्थानीय तहले  निती कार्यक्रमको साथै आर्थिक वर्ष २०७७/७८ को बजेट पालिका स्तरीय अधिवेशनबाट सार्वजनिक गरेका छन्।

स्थानीय सरकार संचालन ऐन अनुसार असार १० गते भित्र अगामी आर्थिक वर्षको निती कार्यक्रम तथा बजेट प्रस्तुत गरी पारित गरिसक्नुपर्ने प्रावधानअनुसार बुधवार, चन्द्रपुर, मौलापुर, दुर्गा भगवती, वृन्दावन, गढीमाई, माधव नारायण, राजपुर, गौर, परोहा, यमुनामाइसहित रौतहटको १० वटा स्थानीय तहले वार्षिक अधिवेशन सम्पन्न गरेका हुन्।   राजदेवी, इशनाथ, बौधीमाई, देवाही गोनाही, कटहरिया, गरुडा, फतुवा विजयपुर नगरपालिकामा आन्तरिक विवादको कारण अधिवेशन गर्न सकेका छैनन ।

रौतहटको सबै भन्दा ठुलो चन्द्रपुर नगरपालिकाको चौथो नगरसभा बुधबार सम्पन्न भएको छ। चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीको अध्यक्षतामा भएको चौथो नगर सभाले आर्थिक वर्ष २०७७/०७८ को लागी कुल १ अर्व १५ करोड ८६ लाख रुपैया विनियोजन गरेको छ। नगर सभामा नगरपालिकाकी उप प्रमुख रामरती चौधरीले बजेटको निति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन  भने कार्यक्रम चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण सिग्देलको संचालनमा सम्पन्न भएको थियो। मध्य  

यसैगरी  गढीमाई नगरपालिकाको चौथो अधिवेशनले ५० करोड ७० लाख ७७ हजारकोे अनुमानित बजेट प्रस्तुत गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिए। वित्तिय समानीकरण तथा सशर्त अनुदान गरी केन्द्रबाट प्राप्त हुने बार्षिक बजेट २९ करोड, आन्तिरिक आय, प्रदेश सरकारबाट प्राप्त हुने रकम गरी उक्त बजेट प्रस्तुत गरिएको बताउदै निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले समाजिक सुरक्षा सहितको बार्षिक बजेट एवं निती, तथा कार्यक्रमलाई पालिकाको प्रमुख श्यामप्रसाद यादवले सौहार्दपूर्ण वातावरणमा प्रस्तुत गरेका थिए ।

यसैगरी दुर्गा भगवती गाउँपालिकाको कार्यालयमा संचालन भएको चौथो गाउँ अधिवेशनलाई सम्बोधन गर्दै गाउपालिका अध्यक्ष अरुणकुमार साहले वर्तमान अवस्थामा कोभिड १९ बाट अति प्रभावित भई पालिकाको बासिन्दाहरु दुख कष्ट भोगिरहँदा तिनीहरुको उत्थानको लागि आकर्षक योजनाहरु आउँदो आर्थिक वर्षमा समेटिएको निती तथा कार्यक्रममा समावेश गरिएको बताए ।

 ४८ बुँदे निती, कार्यक्रम अनुसार २०७७/७८ को अनुमानित ३२ करोड ५९ लाखको बजेट प्रस्तुत गरे त्यसमा समाजिक सुरक्षा बाहेकको रकम समेटिएको छ । चालु तर्फ ५ करोड ६० लाख ८५ हजार पुँजीगत सामाजिक विकास क्षेत्र अन्तर्गत शिक्षा, खानेपानी, तथा सरसफाई संस्कृति प्रबद्र्धन, खेलकुद तथा मनोरञ्जन, लैंगिक समानता तथा समाजिक समावेशीकरण तर्फ ३ करोड १० लाख ७४ हजार तथा आर्थिक विकास क्षेत्र (कृषि, उद्योग तथा बाणिज्य, पर्यटन, सहकारी, वित्तिय क्षेत्रमा १ करोड ८० लाख रकम विनियोजन गरिएको गापा अध्यक्ष साहले जानकारी दिए।

पूर्वमन्त्री तथा नेकपाका प्रदेश नंं २ का अध्यक्ष प्रभु साहको गृह नगर मौलापुर नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ३५ करोड २८ लाख २३ हजार ५ सय ९० रुपैयाँको बजेट ल्याएको छ । कोरोनासँग लड्दै नगर विकासको गति अगाडि बढाउने लक्ष्य सहित नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

नगरप्रमुख रीनाकुमारी साहको अध्यक्षतामा, पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यतामा, बुधबार मौलापुर बजारमा भएको चौथो नगरसभामा प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहले निति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।
यस्तै माधव नारायण नगरपालिकाले पनि आफनो चौथो नगरसभा सम्पन्न गरेको छ । नगर प्रमुख बिरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न नगर सभाले आर्थिक बर्ष २०७७/०७८ को लागी ६१ करोड ६० लाख ८६ हजार ६ सय ६० रुपैया रकम विनियोजन गरेको सो नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रलब कायस्थले जानकारी दिएका छन । कृषि बिमा योजना देखि लिएर बिभिन्न नया योजना बजेटले समेटेको उनले जानकारी दिए।

यता रौतहट कै जेठो गौर नगरपालिकाको पनि नगर सभा सम्पन्न भएको छ । नगर प्रमुख अजय गुप्ताको सभाध्यक्षतामा बसेको नगरसभाले आर्थिक बर्ष २०७७÷०७८ को लागी ४४ करोड ४६ लाख भन्दा बढी बजेट प्रस्ताव गरेको सो नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन कार्कीले जानकारी दिएका छन । नगरको दिगो विकासको योजनाहरु बजेटमा समेटिएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.