नाराबाजीबीच उद्घाटन, नियमित सभामा बजेट ल्याइने

|

मुगु : मुगु जिल्लाको एक मात्र नगरपालिकाको नगरसभा असन्तुष्ट सदस्यहरुको नाराबाजीबीच  बुधबार उद्घाटन गरिएको छ।

सातौँ नगरसभा बुधबार असन्तुष्ट सदस्यहरुको नाराबाजीबीच नगरप्रमुख हरिजंग शाहीले उदघाटन गरेका हुन्। नगरपालिकाले आफ्नो बजेट र नीति तथा कार्यक्रम बुधबारको सभा उद्घाटनमा पेश नगरे पनि अब नियमित बस्ने सभाको बैठक पेश गरी अनुमोदन गर्ने बताइएको छ।

नगरपालिकाकाका ७ वटा वडाका वडा अध्यक्षसहित ३७ जना नगर कार्यपालिका सदस्यहरुले नगरप्रमुखलाई स्थानिय सरकार संचालन ऐन २०७४ विपरित विषयगत समितीहरुको बैठक बसाली आधाजसो वडाहरुका योजनाहरु नगरपालिकामा पेश नहुँदै नगरसभा बोलाएको आरोप लगाउदै प्रकृगत रुपमा गएर नगरसभा गरौ भन्ने मागका साथ नारा बाजी गरेका थिए।

सहमतिको प्रयास

असन्तृष्ट पक्षका मागलाई लिएर बुधबार बिहानैदेखि प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला र प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहको आग्रहमा जिल्ला प्रशासन कार्यालयमा दिउँसो १ बजेसम्म सहमतिका लागि बैठक बसेको थियो। १ बजे नेपाली काग्रेसका जिल्ला सभापति खड्कबहादुर शाही र नेकपाका स्थानीय नेताहरु मंगल बहादुर शाही र धर्म बहादुर शाहीको उपस्थितीमा नगरप्रमुखले सातौ नगरसभा उद्घाटन गर्ने र सभाले आगामी २५ गते पुनः सभा बैठक बोलाउने सहमति भए पनि सहमति उल्‍लंघन गर्दै असन्तृष्ट पक्षले अवरोध र नाराबाजी गरेको नगर प्रमुख हरिजंग शाहीले बताए।

स्थानीय सरकारहरुले असार १० गतेबाट बजेट तथा नीति कार्यक्रम ल्याउने प्रक्रिया सुरु गर्नुपर्ने कानुनी कारणले बाध्य भएर बुधबार सातौँ नगरसभाको प्रक्रिया शुरु गरेको पनि नगर प्रमुख शाहीले बताए।

स्वार्थ पूरा गरेको आरोप

यता, असन्‍तुष्ट उपमेयर पक्षहरुले सधैँ आफना सदस्यहरुलाई प्रलोभनमा पारेर आफ्नो बहुमत जुटाई आफ्नो स्वार्थ पूरा गर्ने गरेको आरोप लगाएको छ। सहमति, सहकार्य र समझदारीमा नगरसभा गरौँ भन्दा पनि सहमति नगरेर बल मिच्याइँ गरेर नगरसभा उद्घाटन गरेको उपप्रमुख सुन्ताला रोकायाले बताइन्।

सभामा खुसार्नी प्रहार

सातौँ नगरसभा उद्घाटनका लागि नगरप्रमुख हरिजंग शाहीले दियो बालेर उद्घाटन गर्दै गर्दा असन्तुष्ट पक्षका नगर कार्यपालिकाका सदस्य कर्ण कुलालले नगर प्रमुख माथि खुसार्नीको धुलो प्रहार गरेका थिए। नगरप्रमुखलाई लक्षित गरी खुर्सानी प्रहार गरे पनि खुर्सानीको धुलो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई परेको थियो। खुर्सानी प्रहार गर्ने कार्यपालिका सदस्य कुलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नगरसभा संचालन कार्यविधिबमोजिम कार्यपालिका नगरसभा विथोल्ने मनसायले खुसार्नी प्रहार गर्ने सदस्यलाई नगरसभामा उपस्थित हुन नपाउने गरी कारबाही गरिने नगरपालिकाले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.