|

ओखलढुंगा : जिल्लाको लिखु गाउँपालिका-६ गाम्नाङटारमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा लिखु गाउँपालिका-४ का २२ वर्षीय सुदर्शन खत्री छन्।

आज बिहान प्रदेश नम्बर ३–०१–००२झ ५११५ नम्बरको एम्बुलेन्स बिरामी लिनका लागि वडा-९ पोकलीतर्फ जाँदै गर्दा वडा-६ को कात्तिके भीरमा दुर्घटना भएको हो। भीरको उकालो बाटोमा जाँदै गर्दा एक्कासि अनियन्त्रित भई कात्तिके भीरबाट अन्दाजी ३०० मिटर तल खसी दुर्घटना हुँदा चालक खत्रीको घट्नास्थलमै मृत्यु भएको गाम्नाङटार प्रहरी चौकी गाम्नाङटारका प्रमुख सीताराम भण्डारीले जानकारी दिए।

खत्रीले भर्खर भर्खर मात्र चालक काम गर्न थालेका कारण पनि दुर्घटना भएको हुन सक्ने प्रहरीको आशंका रहेको छ। दुर्घटना भएको एम्बुलेन्स लिखु गाउँपालिका-३ का स्थानीय  हर्कबहादुर थापामगरले चार महिना अगाडि मात्रै  हस्तान्तरण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.