दाङका १० स्थानीय तहको बजेट, सबैभन्दा धेरै ल्याउनेमा तुलसीपुर

|

दाङ : दाङका १० वटा स्थानीय तहमध्ये आर्थिक वर्ष २०७७/७८ को बजेट सबैभन्दा धेरै तुलसीपुर उपमहानगरले ल्याएको छ।  उपमहानगरपालिकाले आथिक वर्ष २०७७/ ७८ का लागि २ अर्ब बढी बजेट प्रस्तुत गरेको छ। ‘खुसी जनताः समृद्ध तुलसीपुर, हाम्रो तुलसीपुरः राम्रो तुलसीपुर’ बनाउन स्वास्थ्य र कृषिलाई जोड दिएको छ।  आर्थिक वर्ष २०७७/ ७८ का लागि उपप्रमुख माया आचार्यले नगर सभामा प्रस्तुत गरेको २ अर्ब ३४ करोड ३७ लाख ६४ हजार बराबरको बजेटमा स्वास्थ्य र कृषिलाई प्रथामिकता दिइएको हो।

यो बजेट चालु आर्थिक वर्षको भन्दा १ अर्ब २७ करोड १८ लाख ७८ हजार बढी हो। चालु आर्थिक वर्षमा १ अरब ७१ करोड, ८८ लाख ६ हजार बजेट विनियोजन गरिएको थियो। बजेटमा सर्ने र नसर्ने रोगसम्वन्धि कार्यक्रम सञ्चालन, स्मार्ट ल्याब सञ्चालन लगायत एकमुष्ट २ करोड, अश्वारामा रहेको भिमसेन नगर शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई २५ वेडको तुलसीपुर मेट्रो अस्पतालको रुपमा विकास गर्न र

विशेषज्ञसहितको सेवाको सुरुवात गर्नका लागि १ करोड, आमा तथा नवजात शिशुको सुरक्षाका लागि प्रदान गरिँदै आएको मातृशिशु सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरी पोषण प्रोत्साहनलाई निरन्तरता दिँदै ४० लाख, उज्यालो तुलसीपुरअन्तर्गत २ वर्षभित्र मोतिविन्दुमुक्त तुलसीपुर घोषणा गर्न १० लाख विनियोजन गरिएको छ।

घोराहीको बजेट १ अर्ब ८५ करोड

त्यसैगरी घोराहीमा १ अर्ब ८५ करोड                 घोराही उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/ ७८ का लागि अनुमानित आय व्यय प्रस्तुत गरेको छ। सातौँ नगरसभामा उपप्रमुख सीता सिग्देल न्यौपानेले आगागी आर्थिक वर्षका लागि एक अर्ब ८५ करोड २२ लाख ९३ हजार रुपैयाँको आयव्यय प्रस्तुत गरिन्। कुल बजेट मध्य चालु तर्फ १ अर्ब ८ करोड ५७ लाख २२ हजार रुपैयाँ र पूँजीगत तर्फ ७६ करोड ६५ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको उपप्रमुख न्यौपानले जानकारी दिईन्।

​ खर्च व्यहोर्ने स्रोत मध्य आन्तरीक आय २५ करोडको अनुमान गरिएको छ। त्यसैगरी, संघिय वित्तिय समानीकरण अनुदानबाट ३२ करोड ७२ लाख, संघिय राजस्व बाँडफाँडबाट २१ करोड १२ लाख १० हजार ६ सय, संघीय सशर्त अनुदानबाट ६४ करोड ७ लाख र संघिय समपुरक अनुदानबाट ७२ लाख रुपैयाँ आउने भएको छ।

त्यसैगरी, प्रदेश समानीकरण अनुदानबाट ७९ लाख ७३ हजार, प्रदेश राजस्व बाँडफाँडबाट २ करोड ७१ लाख १९ हजार, प्रदेश सशर्त अनुदानबाट ७ करोड ६८ लाख ५० हजार र प्रदेश समपुरक अनुदानबाट ३ करोड रुपैयाँ व्यहोरीने भएको छ।साथै उक्त बजेटबाट अपुग रकम २७ करोड ४० लाख ४० हजार ४ सय रुपैयाँ बैंक मौज्दातबाट व्यहोरीने समेत उपप्रमुख न्यौपानेले जानकारी दिईन् । उपमहानगरले कोरोना महामारीलगाएत संक्रामक अन्य रोगको नियन्त्रण र स्वास्थ्यको समग्र विकासका लागि ११ करोड ३६ लाख, कृषि क्षेत्रको प्रबद्र्धन र विकासमा २ करोड ३९ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ।

त्यसैगरी उपमहानगरले पशुपंक्षि व्यवसायको प्रर्बद्धनका लागि एक करोड १२ लाख ८० हजार, शैक्षिक विकासको क्षेत्रमा ५३ करोड ५६ लाख, चालु आर्थिक बर्षको दायित्व सरि जाने क्रमागत योजनाको भुक्तानीमा ५४ करोड ६ लाख १८ हजार, र पर्यटन तथा संस्कृती प्रर्बद्धनका लागि १ करोड ५४ लाख विनियोजन गरेको छ।

यसैगरी, विपत व्यवस्थापनका लागि ३ करोड ११ लाख ५० हजार, वातावरण र सरसफाई तर्फ ५९ लाख ५० हजार, विपन्न, लोपोन्मुख वर्गहरूको सशक्तीकरणका लागि ७८ लाख रुपैयाँ विनियोजन गरेको छ। मेलमिलाप र कानुनी साहेताका लागि ११ लाख ३० हजार, सहकारी प्रबद्र्धनका लागि १ करोड ६२ लाख, उपभोक्ता हित संरक्षणका लागि ११ लाख ५० हजार र सुचना प्रविधी विकासका लागि एक करोड ७३ लाख ८५ हजार रुपैयाँ विनियोजन गरेको उपप्रमुख न्यौपानेले जानकारी दिइन्।

लमही नगरको ८३ करोड ७४ लाख

त्यसैगरी  लमही नगरपालिकाले आर्थिक वर्ष २०७७/ ७८ को लागि ८३ करोड ७४ लाख ५६ हजार ८७ रुपैयाँ बजेट ल्याएको छ ।  उपप्रमुख देवका बेल्वासेले प्रशासनिक खर्च तर्फ १४ करोड ७२ लाख ६ हनार ८७ रुपैयाँ, आर्थिक विकास तर्फ दुई करोड ७० लाख, सामाजिक विकासतर्फ चार करोड, पूर्वाधार विकास तर्फ १४ करोड ३० लाख बजेट विनियोजन गरिएको नगरसभामा प्रस्तुत गरिन्। चालु  खर्चको लागि कुल बजेटको ४९ दशमलव ९८ प्रतिशत हुन आउने ४१ करोड ८५ लाख ५६ हजार ८७ रुपैयाँ विनियोजन गरिएको छ।  त्यसैगरी राजपुर गाउँपालिकाले पनि आब २०७७/७८ को लागी  ५० करोड ८७ लाख १७ हजार रुपैयाँ बरावरको बजेट ल्याएको छ।

गाउँसभामा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष धनपती यादवले बजेट प्रस्तुत गर्दै कुल बजेट मध्य चालु तर्फ १० करोड १३ लाख ६७ हजार र पुँजीगत तर्फ ४० करोड ७३ लाख ५० हजार बजेट विनियोजन गरिएको जानकारी दिईन्। त्यसैगरी गढवा गाउँपालिकाले पनि आर्थिक बर्ष २०७७/७८ को लागी गढवा गाउँपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण गर्दै अहिले देखिएको बेरोजगारी समस्याको हल गर्ने गरी ५२ करोड १८ लाख २४ हजारको बजेट प्रस्तुत गरेको छ। बुधबार आयोजित सातौं गाउँ सभामा उपाध्यक्ष शान्ती चौधरीले ५२ करोड १८ लाख २४ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन्।

प्रशासनिक चालु खर्च तर्फ ९ करोड २९ लाख ७५ हजार, ससर्त खर्च २२ करोड २० लाख ५० हजार, बिशेष खर्च संघ–प्रदेश अन्तरगत एक करोड १० लाख, पुँजीगत खर्च १४ करोड ५७ लाख ९९ हजार, समपुरक कोष ३ करोड, कोरोना भाइरस रोकथाम प्रकोप नियन्त्रणको लागी दुई करोड, अधुरा योजना सम्पन्नको लागि २ करोड बजेट गरी कुल ५२ करोड १८ लाख २४ हजारको बजेट प्रस्तुत गरिएको छ। गाउँपालिकाका अध्यक्ष शहजराम यादवले ‘कृषि स्वास्थ्य र रोजगारी, कोभिड–१९ विरुद्धको खबरदारी’ भन्ने मुख्य नारा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन।

गाउँपालिकाले आउदो बर्ष कृषि, पशुपालन बाट रोजगारी सृजना गर्ने बिषयलाई प्राथमिकतामा राखेको छ। यसका साथै स्वास्थ्य, पूर्वाधार, शिक्षा, महिला तथा बालबालिका लगायतका क्षेत्रमा प्राथमिकता राखेर नीति तथा कार्यक्रम अघि सारेको छ। गाउँपालिकाभित्र दुग्ध जन्य उद्योग स्थापना, सञ्चालन र व्यवस्थापन गरेर स्थानीय स्तरमा रोजगारीको सृजना गर्ने नीति लिएको छ। कृषि योग्य जमिनको अव्यवस्थीत तथा गैर कानूनी खण्डीकरणलाई वन्देज गरिने, बाँझो जमिनलाई कृषि कार्यमा प्रयोग गर्न कृषकहरुलाई अनुदानको व्यवस्था गर्ने, विदेशबाट आएका युवाहरुलाई व्यक्तिगत वा सामुहिक खेती गरेमा प्रदेश सरकार संग समन्वय गरेर अनुदान दिइने नीति लिइएको छ।

बबईको बजेट ४६ करोड २१ लाख

त्यसैगरी बबई गाउँपालिकाको सातौं गाउँसभाबाट आगामी आर्थिक वर्ष २०७७/ ७८ का लागि ४६ करोड बढीको बजेट प्रस्तुत गरिएको छ। गाउँपालिकाका उपाध्यक्ष साबित्रा बिश्वकर्माले कुल ४६ करोड २१ लाख ५६ हजार ३ सय ६१ रुपैया बराबरको वजेट प्रस्तुत गरिन्। गाउँपालिकाले सर्शत अनुदानको १५ करोड ४६लाख बिशेष अनुदानको १ करोड ५० लाख, समपुरक अनुदानको १ करोड २८ लाख, संघिय सरकारबाट प्राप्त हुने वित्तीय समानिकरणको १० करोड २५ लाख, राजस्व बाँडफाडबाट ८ करोड ३८ लाख ६ हजार ३ सय ६१ र प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण ५२ लाख ८२ हजार , राजस्व

बाडफाडको ३३ लाख ४८ हजार प्रदेश सरकारबाट प्राप्त हुने सर्शत अनुदानको १ करोड ४८ लाख ५० हजार, बिशेष अनुदानको ६० लाख र सम्पुरकको १ करोड ५० लाख तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट २ करोड ५० लाख र अल्या मौजदात  २ करोड ३९ लाख ७० हजार गरि जम्मा ४६ करोड २१ लाख ५६ हजार ३ सय ६१ को बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाले कुल वजेटबाट ७ करोड १७ लाख ३६ हजार ३ सय ६१ चालु तर्फ बिनियोजन गरेको छ भने पुँजीगत १७ करोड २१ लाख ७० हजार बिनीयोजन गरेको छ।

बंगलाचुलीमा शिक्षा र स्वास्थ्यमा जोड

त्यसैगरी दाङको बंगलाचुली गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमीकता दिएर बजेट विनियोजन गरेको छ। दाङको बंगलाचुली गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमीकता दिएर बजेट विनियोजन गरेको छ। बंगलाचुली गाउँपालिकाले यस बर्ष ५१ करोड ६३ लाखको बजेट पेश गरेको गरेको छ।

गाउँपालिकाले स्वास्थ्य र शिक्षामा लगानीः स्वस्थ जिन्दगानी भन्ने भनाइलाई आत्मसाथ गर्दै शिक्षामा १६ करोड २२ लाख अर्थात कुल बजेटको ३१ प्रतिशत र स्वास्थ्यमा ७ करोड ६३ लाख अर्थात कुल बजेटको १५ प्रतिशत गरी जम्मा २३ करोड ८५ लाख अर्थात कुल बजेटको ४६ प्रतिशत बजेट बिनियोजन गरेको छ।

यस वर्ष बंगलाचुली गाउँपालिकाले सामाजिक विकास,स्वास्थ्य र शिक्षा,आर्थिक विकास,कृषि उत्पादन र रोजगारी,वन, वातावरण तथा विपद व्यवस्थापन,संस्थागत विकास र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ। प्रस्तुत बजेट मध्ये नेपाल सरकारको अनुदानबाटरु ३० करोड ४५ लाख, संघिय राजश्व बाँडफाँडबा ८ करोड ५८ लाख ५८ हजार ३ सय १०, प्रदेश सरकारको अनुदान बाट ३ करोड ९९ लाख ३२ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ४० लाख २६ हजार र आन्तरिक राजश्व बाट १ करोड ४० लाख आय अनुमान गरिएको छ।

शान्तिनगरको ४३ करोड बढी

त्यसैगरी  शान्तिनगर गाउँपालिकाले ४३ करोड ५४ लाख ६ हजार ६ सय बराबरको बजेट सार्बजनिक भएको छ। २७ करोड ८ लाख ९६ हजार ६  सय चालुतर्फ र १६ करोड ४६ लाख पुजीगततर्फ बजेट ब्यबस्थापन गरिएको  गाउँपालिका उपाध्यक्ष मिथिला शाहले जानकारी दिईन्।

दंगिशरणको बजेट करिब ४० करोड

त्यसैगरी दाङको दंगीशरण गाउँपालकिाले आगामी आर्थीक बर्ष २०७७/७८ का लागि ३९ करोड ९० लाख १४ हजार ४ सय रुपैँयाको बजेट बिनीयोजन गरेको छ। दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काले बुधबार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानअन्तर्गत ९ करोड ४७ लाख, सशर्त अनुदान अन्तर्गत १३ करोड ५३ लाख, राजश्व बाँडफाटबाट ६ करोड ७० लाख ८५ हजार ४ सय रुपैयाँ बजेट विनियोजन गरेकी हुन्।

यस्तै प्रदेश सरकार बाट बित्तीय समानीकरण अनुदान ५० लाख ७९ हजार, प्रदेश सशर्त अनुदान अन्तर्गत १ करोड ४८ लाख ५० हजार, प्रदेश सरकार विशेष अनुदान १ करोड १० लाख, प्रदेश राजश्व बाँडफाड २९ लाख ५० हजार रकम विनीयोजन भएको छ।

यस्तै, आन्तरिक आयतर्फ ८० लाख रजिष्ट्रेशज शुल्कबाट १० लाख, अन्य तहबाट प्राप्त अनुदान ५ हजार अनुमान गरिएको छ भने चालु आर्थीक बर्ष बाट ६ करोड बचत हुने अनुमान गरिएको छ। उपाध्यक्ष खड्काले कोभिड १९ रोकथाम, कृषि, रोजगार, सिंचाई र विकाशका कार्यलाई प्राथमिक्तामा राखेर बजेट प्रश्तुत गरेको जानकारी दिईन्। गाउँपालिकाले कोरोना भाईरस तथा उपचार कोषका लागि ३० लाख रुपैँया छुट्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.