औषधि तथा स्वास्थ्य उपकरण पनि पुरियो

|

संखुवासभा : सिलिचोङ गाउँपालिका–२ बालामा स्वास्थ्य चौकीको भवन पहिरोले पुरिएको छ। बिहीबार दिउँसो करिब ५० मिटर माथिबाट पहिरो खसेको नम्बर–२ का अध्यक्ष मोहन सम्शेर कुलुङले जानकारी दिए।

पहिरोले स्वास्थ्य चौकीको भवनको भौतिक संरचना क्षति पुगेको वडाध्यक्ष कुलुङले बताए। भवनभित्र रहेका औषधिलगायत सम्पूर्ण सामानमा क्षति पुगेको कुलुङले बताए। त्यस क्षेत्रमा अहिले पनि लगातार पानी परिरहेको र पुरिएका सामग्री निकाल्न सम्भव नभएको पनि उनले बताए ।

घटना स्थलमा अहिलेसम्म प्रहरी पुग्न सकेको छैन । घटनाको जानकारी चौकी सिसुवाटारलाई गरिएको भए पनि अहिलेसम्म प्रहरी आइनपुगेको वडाध्यक्ष कुलुङले बताए । घटनास्थल प्रहरी चौकी सिसुवाटारबाट तीन घण्टाको पैदल दूरीमा पर्दछ ।                 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.