|
फाइल फोटो

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको शक्रबारको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको अवरोधपछि स्थगन गरिएको छ।

बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका सदस्यले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले एक जनालाई बोल्न अनुमति दिए।  त्यसपछि जनता समाजवादी पार्टीका कृष्णबहादुर चौधरीले कोरोना रोकथाम, सङ्क्रमितको उपचार व्यवस्थापन, क्वारेन्टाइनको व्यवस्थापनजस्ता सबै काममा प्रदेश सरकार असफल भएको, योजना बाँडफाँटमा भ्रष्टाचार भएको भन्दै कोरोना उपचार र व्यवस्थापनमा भएको भनिएको ९३ करोड रुपैयाँको वास्तविक विवरण सदनलाई जानकारी गराउन र पिसिआर जाँचको दायर बढाउन माग गरे।

सभामुख थापाले प्रतिपक्षीबाट आएको विचारले सदनको ध्यानाकर्षण भएको र उठाइएका प्रश्नको सरकारले जवाफ दिन पनि सदन चल्नुपर्ने भएकाले आफ्नो आसनमा बस्न आग्रह गरे। त्यसपछि पनि प्रतिपक्षी सदस्य आफ्नो आसनबाट उठेर विरोध गरेपछि सभामुखले बैठक स्थगन गरिएको जानकारी गराए।

लगातारको अवरोधसँगै प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रम र बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन। यसअघि असार १० गतेको बैठक पनि अवरुद्ध भएको थियो। शुक्रबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कार्यक्रममाथि छलफल शुरु गर्ने कार्यसूची रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.