|

मुगु : मुगु छायानाथ रारा नगरपालिकामा तालाबन्दी गरिएको छ। नेकपा सर्मथक जनप्रतिनिधिले नगर कार्यापालिकाको बैठकबाट निर्णय नगरी छायानाथ रारा नगरपालिकाको आगमी आर्थिक वर्ष ०७७/०७८ का लागि नीति तथा कार्यक्रमको लागि संचालन गरिएको सातौं नगर सभा ऐन नियमविरुद्ध भएको भन्दै नेकपा सर्मथक जनप्रतिनिधि पक्षले नगरपालिका तालाबन्दी गरेका हुन्।

छायानाथ रारा नगरपालिकाको सातौं नगरसभा ऐन नियमविरुद्ध सञ्‍चालन गरेको भन्दै उपमेयर सुन्तला रोकाया पक्षले नगरसभा स्थगित गर्न माग गरेका थिए। दुवै पक्षबीच सहमति नभएपछि मेयर हरिजङ्ग शाहीले सातौं नगर सभा उद्घाटन सत्र संचालन गरी नीति तथा कार्यक्रम पेश गरेका थिए।

 

नगरपालिकाले बुधबार गरेको सातौं नगर सभा उपमेयर सुन्तला रोकाया पक्षले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६७ अनुसार बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक नभएको बताएको छ।

मेयर हरिजङ्ग शाहीले एकलौटी रुपमा कानुनविपरीत नगरसभाको उद्घाटन गरेका कारण आफूहरूले अनिश्चितकालका लागि नगरपालिकामा तालाबन्दी गरेको उपमेयर सुन्तला रोकायाले बताएकी छिन्।

स्थानीय सरकार संचालन ऐनको दफा ६७ अनुसार बजेट तथा कार्यक्रम योजना तर्जुमा समितिले तयार गरेको अन्तिम प्रस्ताव कार्यपालिकाको बैठकमा पास नभएको, टोलस्तरको योजना तर्जमा नभएको,  नगरपालिकाको १४ वडा मध्ये ७ वटा वडाको योजना तर्जुमा सम्पन्न भए पनि नगरपालिकामा पेश नभएको, कर्णाली प्रदेश सरकारले जारी गरेको नगर तथा गाउँसभा सञ्चालन लागि बनेको ऐनको दफा ५८ को १. ख बोमजिम आमन्त्रण नभएको उनको आरोप छ।

१० नगर सभा सदस्य कारहीमा

बुधबार भएको नगरसभामा विवाद गर्ने र नगरप्रमुखलाई खुर्सानीको धुलोसम्म छर्कने १० जना नगरसभासदस्यहरु कारबाहीमा परेका छन्। नगरपालिकाले नगरसभामा सहभागी हुन नपाउने गरी १० जना नगरसभा सदस्यहरूलाई निष्‍कासन गरेको हो।

बुधबार नगरसभामा वडा सदस्यहरूले ध्वंसात्मक कार्य गरेको आरोपमा वडाध्यक्षसहित कार्यपालिका सदस्यहरूलाई ७ दिन सम्मका लागि निष्‍कासन गरिएको छ। वडा नं. १ का वडा अध्यक्ष लोकबहादुर हितान, १२ का सुवासचन्द्र बुढा,१४ का नन्दलाल बढुवाल र ७ का वडाध्यक्ष हरिचन्द्र शाहीलाई ७ दिनका लागि निष्‍कासन गरिएको नगरपालिका प्रमुख हरिजङ्ग शाहले जानकारी दिए।

त्यस्तै वडा नं ६ का वडा सदस्य कर्ण कुलाल, १ की सीमा परिवार, ८ का पञ्चकला रावत,बैदेवी विक, ७ का बास्मती विक र १४ का रत्न बढुवाल कार्यपालिका सदस्यहरुलाई पनि निष्‍कासन गरिएको छ।

कर्णाली प्रदेश सरकारको गाउँसभा र नगरसभा सञ्चालन गर्न बनेको ऐन २०७५ को दफा ९ को उपदफा ४ बमोजिम वडाध्यक्ष र कार्यपालिका सदस्यहरूलाई निष्कासन गरिएको नगरपालिका प्रमुखद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ। बुधबार नगरसभा उद्घाटनका क्रममा नगरप्रमुख शाहीमाथि खुर्सानीको धुलो प्रहारदेखि कुर्सी तोडफोडसमेत भएको थियो।

सेवाग्राहीलाई समस्या

नगरपालिकाको सबै शाखा तथा फाँटमा तालाबन्दीपछि असार मसान्तभित्र भुक्तानी गरी सक्नुपर्ने विकास निर्माणदेखि शिक्षक कर्मचारी लगाएतको तलब निकासालगायत अन्य काममा समेत प्रभाव परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.