उपचार गर्न मानेका थिएनन् डाक्टर

|

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरधामको इमर्जेन्सी कक्षमा उपचार नपाएर प्राण त्याग गरेका राजु सदाको परिवारलाई प्रदेश २ सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सदाका परिवारलाई तत्कालै ५ लाख रुपैया आर्थिक सहयोग गर्ने जानकारी दिए। उनले घटनाको छानबिन गर्न स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र साहको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको समेत बताए।

छानबिन समितिलाई सात दिनभित्र सामाजिक विकास मन्त्रालयमा प्रतिवेदन बुझाउन भनिएको छ। मन्त्री यादवले भने, 'समितिले घटनाको छानबिन सुरु गरिसकेको छ। छानबिनमा दोषी देखिने जोकोहीलाई कारबाही गरिनेछ।'

सदाय धनुषाको हंसपुर नगरपालिका-७ का बासिन्दा हुन्। भारतबाट फर्केपछि उनी १७ दिन गाउँकै क्‍वारेन्टाइनमा र १३ दिन आइसोलेशन कक्षमा बसेका थिए। आइसोलेशनमा बसेका बेला झाडापखाला लागेपछि उनलाई सोमवार दिउँसो इमर्जेन्सी कक्षमा लगिएको थियो।

तर इमर्जेन्सी कक्षमा उनको उपचार गर्न कुनै डाक्टर तयार भएनन्। कोरोना संक्रमणको आशंकामा डाक्टरले उपचार नगर्दा छटपटिएर बेडबाट खसेपछि उनको मृत्यु भयो। यो घटना लुकाउने प्रयाससमेत अस्पताल प्रशासनले गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.