|

दमक : झापाको दमक नगरपालिकाले आफ्नो नगर गान सार्वजनिक गरेको छ। शनिबार सातौं नगर सभामार्फत नगरले आफ्नो नगर गान सार्वजनिक गरेको हो। 

युवराज आचार्यको शब्द तथा तुलसी पराजुलीको संगीत रहेको नगर गानमा नगरको विविधता र ऐतिहासिक महत्व रहेको समेटिएको छ। तुलसी पराजुलीसहित गायक, गायिकाको आवाज रहेको गानको भिडियो धर्मराज ढकालको निर्देशनमा तयार पारिएको छ। 

नगर सभाले कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन विधेयक, दमक प्रज्ञा प्रतिष्ठान विधेयक, समिति गठन र सञ्चालनसम्बन्धी कार्यविधि पनि पारित गरेको छ। यस्तै विधायन समिति, न्यायिक समिति र लेखा समितिको प्रतिवेदन पनि सभामा पेस गरिएको थियो। 

विनियोजन विधेयक र अर्थ विधेयकसमेत स्वीकृत गरेको नगर सभाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३१ करोड ३० लाख ३५ हजार रुपैयाँको बजेट अनुमोदन गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.