|
फाइल तस्बिर

रसुवा : जिल्लाको केरुङ नाका सञ्चालन सुरु भए पनि स्थानीय अवरोधका कारण सामान आयातमा समस्या सिर्जना भएको छ। 

अवरोधका कारण सामान लिन केरुङ जाँदै गरेका कन्टेनर बाटोमै अलपत्र परेका छन्। शनिबार काठमाडौंबाट केरुङतर्फ जाँदै गरेका कन्टेनरहरुलाई स्थानीयले कालिकास्थानबाट फर्काएका व्यवसायीहरु बताउँछन्। ‘कन्टेनर लिएर कालिका स्थानसम्म पुग्यौ, गुण्डागर्दी शैलीमा युवाको हुल आएर कन्टेनर फर्काउन धम्की दिएपछि वेत्रावती आएर बसेका छौं,’ सिल्क ट्रान्सपोर्टका कन्टेनर चालकले भने। 

सामान लिन केरुङ जाँदै गरेका कन्टेनर चालकले आफूहरु असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेका छन्। ‘चीनले दैनिक चार कन्टेनर मात्र सामान ल्याउने तर नेपाली कन्टेनरको चाप बढेकोले केही समस्या भएको हुन सक्छ,’ रसुवाका प्रहरी नायव उपरीक्षक इन्द्र सुवेदीले बताए।

नेपाल आउने सामान चीनले आफ्नै कन्टेनर र चालकले मितेरी पुलसम्म ल्याइदिने र नेपाली कन्टेनरले सम्बन्धित ठाउँसम्म पु¥याउन पाउने गरी बुधबार नेपाल–चीन सहमति भएको थियो। मितेरी पुलमा आएको सामान लिन जाने चालक र सहयोगीका कोरोना परीक्षण अनिवार्य हुनुपर्ने सर्त चिनियाँ पक्षको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.