|

इलाम  : अन्तिम दुई मिनेट अग्रता जोगाउन नसक्दा बार्सिलोनाले ला लिगमा सेल्टाभिगोविरुद्धको खेलमा अंक बाडेको छ। 

२–१ ले खेलमा अग्रता बनाएको अवस्थामा ८८ औ मिनेटमा गोल खान पुग्दा रियल मड्रिडसँगको ३ अंकको स्पष्ट अग्रता बनाउने अवसर बार्सिलोनाले गुमाएको हो। सेल्टाविरुद्ध बार्सिलोनाले २–२ गोलको बराबरी खेल्यो। सेल्टालाई अंक दिलाउन निर्णायक गोल कप्तान इयागो आसपासले गरे। डिबक्स बाहिर पाएको फ्रिकिकको अवसरलाई सिधै जाली चुमाउदै आसपासले महत्वपुर्ण १ अंक दिलाएका हुन्। बराबरीको बाबजुद पनि बार्सिलोना समुहको शर्ष स्थानमा उक्लिएको छ। 

बार्साले ६९ अंक बटुल्दा एक खेल कम खेलेको रियल मड्रिडको ६८ अंक छ । खेलको सुरुवाती अग्रता बार्सिलोनाले लिएको थियो । खेलको २० औं मिनेटमा कप्तान लियोनल मेस्सीले झन्डै २२ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा सुआरेजले ६ यार्ड बक्स अगाडीबाट हेडरमार्फत पहिलो गोल गरेका थिए।  ५० औ मिनेटमा ओके योकुस्लुले जेरार्ड पिकेको चुनौती पार गर्दै दिएको पासमा अनमार्क रहेका स्मोलोभले सहजै गोल गर्दै खेल बराबरीमा ल्याए। ६७ औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले खेलमा २–१ को अग्रता बनाएको थियो। 

मेस्सीले पेनाल्टी क्षेत्रभित्र दिएको पासलाई सुआरेजले उत्कृष्ट फिनिसिङ गरे। त्यसपछि खेलमा दबाबमा परेको सेल्टाका लागि आसपासको गोल गरेपछि बार्सिलोना अंक बाड्न बाध्य भएको हो । खेलको प्लेयर अफ दि म्याच बार्साका सुआरेज घोषित भए।

रिकी पुएग पहिलो पटक सुरुवाती ११ मा

सेल्टा भिगोविरुद्धको खेलमा बार्सिलोनाका मिडफिल्डर रिकी पुएगले पहिलो पटक सुरुवाती ११ मा स्थान बनाएका छन्। बार्साको सिनियर टिमबाट ७ खेलमा सहभागी भएका पुएगलाई प्रशिक्षक किके सेटिनले आर्थर मेलोको स्थानमा पहिलो पटक सुरुवाती ११ मा मौका दिएका हुन्। 
पुएगले पहिलो पटक बार्सिलोनाको सिनियर टिमबाट २०१८–१९ को कोपा डेल रे अन्र्तगत क्लचरल लियोन्सिया विरुद्ध डेव्यु गरेका थिए।  खेलमा ५५ औ मिनेटमा अरियोल बुस्केटको स्थानमा उनी मैदान प्रवेश गरेका थिए। 

उनले चौथो गोलका लागि ७० औ मिनेटमा डेनिस सुआरेजका लागि असिस्ट समेत गरेका थिए। सेल्टा विरुद्धको खेलमा समेत गरेर पुएगले ला लिगमा ६ खेलमा सहभागी भएका छन्।  पुएगले सन २०१९ मा क्याटोलिनयाको युवा खेलाडी अवार्ड पाएका थिए । उनका पिता कार्लेस समेत फुटबल खेलाडी हुन्। लेफट व्याकका रुपमा उनले क्याटलोनिया क्लब टेरासामा बिताएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.