|

धादिङ : अवैध जडीबुटी र सालको काठ बिक्री गर्न लैजान खाजेको आरोपमा  ६ जनालाई पक्राउ गरेको छ । 

नीलकण्ठ नगरपालिका–१२ दामगाडेबाट जडीबुटी र सालको काठसहित छजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। धादिङको हिमाली बस्ती रुविभ्याली गाउँपालिकाबाट सदरमुकाम धादिङवेसीतर्फ आउदै गरेको बा ५ ख ६१८० नम्बरको मिनीट्रकमा जडीबुटी लुकाइछिपाई ल्याइरहेको अवस्थामा शनिबार चारजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

जडीबुटीसहित पक्राउ पर्नेमा ट्रकका चालक रुविभ्याली–१ का पेम्बा तामाङ, सह–चालक टसी तामाङका साथै ट्रकमा रहेका झ्यापरोङ तामाङ र ग्यार्मे नामग्याल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।

प्लाष्टिकको बोरामा लुकाएको ३१० किलो ७७ ग्राम जटामसी, दुई किलो १५० ग्राम निरमसी, १७ ग्राम गुची च्याउ र एक किलो आठ ग्राम यार्सागुम्बा प्रहरीले बरामद गरेको छ। बरामद जडीबुटी, ट्रक र छजनालाई नै अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

यसैगरी नीलकण्ठ नगरपालिका–१२ दामगाडेबाट सालको काठसहित दुईजना पक्राउ परेका छन्। शुक्रबार राति दामगाडेबाट  धादिङवेसीतर्फ आउँदै गरेको बा.३ ख ८७०३ नम्बरको मिनी ट्रकमा ल्याइरहेको ३७.८४ क्युफिट काठ, ट्रक र दुईजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा ट्रकका चालक नीलकण्ठ–१२ आपस्वाँराका २९ वर्षीय टिकाराम श्रेष्ठ र ३१ वर्षीय राजु श्रेष्ठ रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.