|

काठमाडौं : सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।  कोरोनाभाइरस र लकडाउनका कारण दैनिक रुपमा सुनको मूल्य बढिरहेको छ। 

आज फेरि छापावाल सुनको मूल्यमा प्रति तोला ७ सय रुपैयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। । योसँगै  छापावाल सुनको मूल्य ९१ हजार ३ सय पुगेको छ। यो अहिलेसम्म सुनको मूल्य सबैभन्दा महंगो हो ।

शुक्रबार सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो।   तेजाबी सुनको मूल्य अब ९० हजार ८ सय ६० पुगेको छ। त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार तोलाको ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.