कोरोनाले लपेटेकै जिल्लामा विपदको जोखिम

|
फाइल फोटो

काठमाडौं : सरकारले आगामी साउन महिनामा कोरोना महामारी र बाढी पहिरो उत्कर्षमा पुग्ने अनुमान गरेको छ।  गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउन महिनाको दोस्रो हप्तादेखि महिनाको अन्त्यसम्म बाढी, पहिरो, वर्षाबाट हुने विपद र कोरोना महामारी एकैपटक उत्कर्षमा पुग्ने अनुमान गरेको हो।  
  

प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना २०७७ मा कोरोना र वर्षाको प्रकोप एकै पटक सामना गर्नुपर्ने उल्लेख छ। 

‘सिंगो  मुलुक अहिले कोभिड-१९ सँग जुधिरहेको छ। संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ,’ प्राधिकरणले तयार पारेको प्रतिवेदनमा भनिएको छ, ‘साउनमा कोभिड १९ को संक्रमण पनि उत्कर्षमा पुग्ने आँकलन गरिएको छ। यसर्थ बाढी, पहिरो, डुबान, लगायतको पूर्वतयारी र प्रतिकार्य तथा कोभिड-१९ सँगको सामना एकैपटक गर्नुपर्ने हुन्छ।’ 

कोरोनाले लपेटेकै जिल्लामा विपदको जोखिम

अहिले नेपालका जुन जिल्लामा संख्यात्मक रुपमा बढि संक्रमित रहेका जिल्लामै साउनको दोस्रो र तेस्रो सातामा बाढी पहिरोको पनि जोखिम रहने बताइएको छ। 

बाढीको जाेखिम भएका जिल्ला 

पहिराेकाे जाेखिम भएका जिल्लाहरू 

 

कोरोना महामारीको सबैभन्दा बढी चपेटामा परेको नेपालको तराई क्षेत्र नै बाढीको पनि सबैभन्दा बढी जोखिममा रहेको सरकारले अनुमान गरेकाे छ। ‘मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, २०७७’ मा भनिएको छ' प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ मा बाढी जन्य जोखिम अत्यधिक हुने आकलन गरिएको छ।’ 

मुलुकभर बाढी तथा डुबानका घटना १२ लाख ५० हजार वटा हुने अनुमान सरकारले गरेको छ। यस्तै पहिरो २ लाख ५० हजार तथा पानी जन्य जोखिम १५ लाख गरी यस वर्ष जम्मा वर्षा जन्य विपद् ३० लाख घटना हुने अनुमान सरकारको छ। त्यस्तै साउन र भदाै महिनामा सर्पदंशकाे घटना पनि बढ्ने सरकारले अनुमान गरेकाे छ। सरकारले बाढीको जाेखिम असार, साउन, भदाै र असाेज महिनासम्म रहने अनुमान गरेकाे छ। 

यी हुन् काेराेना र बाढी पहिरोको जाेखिमका जिल्ला 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.