|

सिन्धुली : कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले नेपालमा प्रवेश गरेको सलह कीरा नियन्त्रणका लागि विभिन्न उपायहरु खोजी भइरहको बताएका छन्। 

असार १५ (भोलि) मनाइने धान दिवसका अवसरमा हुने कार्यक्रममा सहभागी हुन उदयपुरमा हिँडेका मन्त्री भुसालले प्रेस संगठन सिन्धुलीले सिन्धुलीमाढीमा आइतबार गरेको पत्रकार भेटघाटमा यसबारे बताएका हुन्। 

कीरा नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघीय सरकार तथा गैरसरकारी क्षेत्रबाट के के गर्ने भनी उपाय खोजी गर्दै जिम्मेवारी बाँडफाँट गर्ने बताए। ‘सलह कीरा नियन्त्रणका लागि जे गर्न सकिन्छ त्यो गर्न मन्त्रालय तयार छ। खासगरी स्थानीय तहमा के के गर्न सकिन्छ भनेर मन्त्रालयले उपाय खोजी गरी कार्ययोजना आज नै प्रकाशन गर्दै छ। 

यसअघि सलह कीरा देखा परेका देशहरुले कीरा नियन्त्रणका लागि अपनाएका विधिहरूको खोजी भइरहेको भन्दै धुवाँ लगाउने, स्प्रे गर्ने, विषादी छर्कने, ठूलो माइक बजाउने गर्दा कीरा नियन्त्रण गर्न सकिने भएकाले यस्ता उपाय पनि खोजी भइरहेको उनले बताए। 

नेपालमा प्रवेश गरेका सलहले अहिलेसम्म क्षति कम गरेको तर सतर्क, सचेत र नआत्तिन किसानलाई आग्रह गरे। सलह नियन्त्रणमा स्थानीय सरकारले प्रभावकारी भूमिका खेल्न सक्ने भन्दै कीरा नियन्त्रणका लागि आवश्यकताअनुसार मन्त्रालयले बजेटसमेत पठाउने बताए। 

मन्त्रालयले कृषिमा नयाँ काम गर्न खोजेको भन्दै मन्त्री भुसालले कृषि पद्धति नै परिवर्तन गर्ने योजना तयार भइरहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.