यही तरिकाले नेकपालाई जनतासम्म जाने बाटो हुँदैन

|

प्रधानमन्त्री केपी शर्मा ओलीले यही आइतवार वर्तमान सरकार ढाल्ने षडयन्त्र सुरु भएको बताए। भारतसमेतको संलग्नतामा देशका आन्तरिक शक्तिहरूसमेत सरकार ढाल्ने अभियानमा लागेको बताएपछि राजनीतिमा नयाँ तरंग आएको छ। प्रधानमन्त्रीले भने जस्तै के साँच्चै सरकार ढाल्ने षडयन्त्र सुरु भएको हो त? अहिले यसमा बहस सुरु भएको छ। आइतबार जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतले हडपेको नेपाली भूमि समेटेर नक्सा छापेपछि आफूलाई हटाउने षड्यन्त्र थालिएको बताएका थिए।

आफूलाई पदबाट हटाउन काठमाडौंका दूतावास र होटलहरूमा गतिविधि भएका बताएका थिए उनले। यसबीचमा दूतावास सक्रिय भएको दाबीसमेत गरेका थिए। उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सम्झौता गरेका कारण पद गुमाउनुपरेको स्मरणसमेत गरेका थिए। त्यस्तै खेल पुनः सुरु भएको तर सफल नहुने उनको दाबी थियो।

प्रतिपक्ष दल र आफ्नै पार्टी भित्रबाट प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर तीव्र आलोचना भइरहेका बेला आएको प्रधानमन्त्री ओलीको अभिव्यक्तिबारे थाहाकर्मी जगत भण्डारीले राजनीतिक विश्लेषक युग पाठकसँग संक्षिप्त कुराकानी गरेका छन्। विश्लेषक पाठकले प्रधानमन्त्रीले सरकारका काम कारबाही सही ढङ्गले व्यवस्थापन गर्न नसकेपछि विषयान्तर गर्न यस्तो प्रोपोगान्डा रचेको हुनसक्ने आँकलन गरेका छन्। 

प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई कसरी लिन सकिन्छ?

नेपालमा आफ्नो सत्ता टिकाउनुका लागि बेला–बेलामा यस्ता हल्लाहरू फैलाउने गरिएको पाइन्छ। अहिले पनि हल्ला चल्नु वा प्रधानमन्त्री आफैले हल्ला चलाउनु चाहिँ किन पर्यो भन्‍ने मुख्य प्रश्न हो। यसअघि नेपालमा सरकार बन्ने र भत्किने भइरहने एउटा कारण थियोे, कुनै पनि पार्टीसँग आवश्यक बहुमत हुँदैनन्थ्यो, त्यस्तो अवस्थामा यहीँका आन्तरिक शक्तिलाई सरकारमा जाने इच्छा हुन्थ्यो र उनीहरुको आकांक्षामा टेकेर विदेशी शक्तिले सामान्य खालको राजनीतिक खेल खेल्न सक्ने स्थिती रहन्थ्यो, उनले भने, ‘अहिले त्यस्तो स्थिती छैन, नेकपा एक्लैको दुई तिहाइ नजिक बहुमत छ, यस्तो बेलामा अर्को कसैले यहाँको सरकारलाई वा प्रधानमन्त्रीलाई हटाउन खोज्दैछ या त्यस्तो खालको षड्यन्त्र हुँदैछ भन्‍ने पत्याउने आधार छैन।   

हालै जारी स्थायी समिति बैठकमा पार्टीभित्रैबाट प्रचण्ड–नेपाल समूह विपक्षमा उभिएपछि प्रधानमन्त्रीको यस्तो भनाई आएको हो की? 

प्रधानमन्त्रीको सुरुदेखि अहिलेसम्मको गतिविधि हेर्ने हो भने उहाँलाई मेरो सत्ता फुत्किन्छ की भन्‍ने ठूलो डर रहेको पाइन्छ। तर कोरोना महामारीलाई कसरी समाधान गर्ने बिषयमा सरकारले गरेको काम हेर्ने हो भने, यो सरकारलाई सरकारको रुपमा राखिरहनु नै नेकपाको सबभन्दा ठूलो गल्ति र कमजोरी हो। उनले भने, 'केपी ओलीले केही समयभित्र नै नेकपालाई ध्वस्त पार्ने सम्भावना बढेको छ। किन नेकपाले यो सरकारलाई हटाउन चाहिरहेको छैन? भन्‍ने मुख्य प्रश्‍न हुनसक्छ। तर हटाउन खोज्‍नु त स्वभाविक हो नि। अहिले आमजनतामा व्यापक असन्तुष्टि छ, मानिसहरु क्‍वारेन्टाइनमा मरिरहेका छन्। क्‍वारेन्टाइनको स्थिति असाध्यै खराब छ। अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने पनि सरकार आफैंले बनाएको मापदण्ड पनि पालना नगरेर मानवता विरोधी काम गरिरहेको छ। यस्तो अवस्थामा पनि नेकपाले सरकार परिर्वतन गर्दैन भने आगामी निर्वाचनमा नेकपाको हबिगत के होला? 

यतिबेला सरकारले गर्न नसकेका काम के–के हुन् र? 

म त प्रधानमन्त्रीमा ठूलो मनोवैज्ञानिक समस्या देख्छु। सुरुदेखि नै उहाँलाई मेरो सरकार ढलिहाल्ने हो की भन्‍ने ठूलो डर लागेको पाउँछु। उहाँको प्रधानमन्त्री पदसँग यति ठूलो मोह रहेछ कि मैले प्रधानमन्त्रीको रुपमा अभिभावकको रुपमा के काम गर्नुपर्छ? यतिबेला जनताको संकट के हो? जनता कस्तो खालको अवस्थाबाट गुज्रिराख्नु परेको छ भन्‍नेतिर उहाँको चिन्ता देखिँदैन। खाली आफ्नो कुर्सी गइहाल्छ की भन्‍ने डर मात्रै ठूलो त्रासको रुपमा उहाँको मनमा बसेको पाइन्छ। मलाई लाग्छ उहाँले मनोवैज्ञानिक उपचार गर्नुपर्छ।’ 

सरकारले यति खराबी गरिरहेको छ की जनता क्‍वारेन्टाइनमा मरिरहेका छन्। आर्थिक संकट मुखैमा आइसक्यो विभिन्‍न ठाउँका मान्छेले रोजगारी गुमाइरहेका छन्। व्यवसायीहरुको व्यवसाय धरासायी भइसक्यो। विदेशबाट आउने खर्बौं रेमिट्यान्स बन्द हुने अवस्था छ। हजारौँको संख्यामा घर आउन चाहने नेपालीहरु विदेशमा रोएर बसिरहेका छन्। भारतले जर्बजस्ती नेपाल पठाइदिए पछि यिनीहरुले रोक्न सकेनन्। अब यस्तो प्रकारको सरकार छ भने यस्तो सरकारको विकल्प दिनु नेकपाको कर्तब्य हो यदि दिँदैन भने सजाय दिनु जनताको कर्तब्य हो।

त्यसका लागि आगामी चुनावसम्म कुर्नुपर्ला। यस्तो अप्ठेरोमा अवस्थामा पनि सरकारले कुनै आशा देखाउन पनि नसक्ने? मलाई भारतले पदबाट निकाल्न खोज्यो भन्नुको साटो नेपाली जनता क्‍वारेन्टाइनमा मर्नु परेकोमा मलाई दु:ख लागेको छ। माफी माग्छु, म थप काम यसरी गर्दैछु भन्‍ने कुरा सुन्‍न पाएको भए कति राम्रो हुन्थ्यो। त्यसको लागि सरकारले यसरी काम गर्दैछ भन्‍ने योजना अगाडि सारेको भए कति राम्रो हुन्थ्यो। मान्छे क्‍वारेन्टाइनमा मरेकोबारे सरकारको जवाफ खै? खाली उडन्ते जवाफ दिएर भाग्‍न मात्र खोजेर हुन्छ? यदि उहाँ प्रधानमन्त्री हो भने यतिबेला जनतालाई आश्‍वस्त पार्ने हो। सरकारका योजना सुनाउने हो। संवाद गर्ने हो। त्यो त भएकै छैन। 

सरकारले राम्रोसँग काम गर्न नसक्नुमा प्रधानमन्त्रीको खास समस्या के हो? 

म त प्रधानमन्त्रीमा ठूलो मनोवैज्ञानिक समस्या देख्छु। सुरुदेखि नै उहाँलाई मेरो सरकार ढलिहाल्ने हो की भन्‍ने ठूलो डर लागेको पाउँछु। उहाँको प्रधानमन्त्री पदसँग यति ठूलो मोह रहेछ कि मैले प्रधानमन्त्रीको रुपमा अभिभावकको रुपमा के काम गर्नुपर्छ? यतिबेला जनताको संकट के हो? जनता कस्तो खालको अवस्थाबाट गुज्रिराख्नु परेको छ भन्‍नेतिर उहाँको चिन्ता देखिँदैन। खाली आफ्नो कुर्सी गइहाल्छ की भन्‍ने डर मात्रै ठूलो त्रासको रुपमा उहाँको मनमा बसेको पाइन्छ। मलाई लाग्छ उहाँले मनोवैज्ञानिक उपचार गर्नुपर्छ।’ 

तपाईंले प्रधानमन्त्रीलाई बनको बाघले नभइ मनको बाघले समाप्त गर्न खोजेको टिप्पणी गर्नुभयो यसको आधार के हो? 

तपाई आफै पनि हेर्नुस् न। यसअघि कुनै पनि समस्या नभएका बेलासमेत प्रधानमन्त्रीले अर्को पार्टी फुटाउने गरी बेतुकको विधेयक ल्याउनुभयो। त्यसको अभिप्राय के थियो? त्यस्तो विधेयक किन ल्याउनुभयो भन्‍ने कुनै कारण देख्दिन म। विवेकपूर्ण दिमागले ल्याएको जस्तो लाग्छ र?  

जे भए पनि उहाँ निर्वाचित प्रधानमन्त्री हो नि, उहाँले चाहेअनुसारकाे अध्यादेश ल्याउन त सक्नुहुन्छ नि होइन र? 

जनताले नेकपालाई भोट दिएको हो, केपी ओलीलाई मात्र भोट दिएको होइन। यो सरकारले निरन्तर जनतासँग गरेको बाचामाथि कुठाराघात गरिरहेको छ भने यसलाई सच्याउने र आफ्नो पार्टीलाई ठीक ठाउँमा लिएर जाने जिम्मेवारी त नेकपाकै हो नी। यतिबेला नेकपाले सरकारकै कारण पार्टीको छवि धूमिल भइरहेको छ, भोलि जनतामाझ जानै ठाउँ नै हुदैन, हाम्रो पार्टी बर्बाद हुने भयो भन्‍ने महशुस गर्नासाथ सरकार फेर्न सक्छ। ओलीकै कारण नेकपा बदनाम भइरहेको छ भने, नेकपाले किन सरकार नफेर्ने? 

त्यसो भए ओलीको विकल्प को हो त नेकपामा? 

जो पनि हुनसक्छ। त्यति धेरै सांसदमध्ये एउटा प्रधानमन्त्री दिन सक्दैन नेकपाले? जो आए पनि एकजना आउने त हो नी। लामो समयदेखि नेपालको राजनीतिमा यो भन्दा माथिको कुरा कहिले भएको छ र? समाज कसरी निर्माण गर्ने, समाजलाई कसरी अगाडी बढाउने, अर्थतन्त्रको निमार्ण कसरी गर्ने? भन्‍ने बहस भएको सुन्नु भएको छ र?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.