|

संखुवासभा : लकडाउनका कारण समस्यामा परेका खाँदबारी नगरपालिका क्षेत्रका विपन्न परिवारलाई नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन)ले २० लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराएको छ। आरआरएनले वडा नम्बर ९ का ८०० परिवारलाई राहत उपलब्ध गराएको हो।​

तुम्लिङटार, कुमालगाउँ, बोहोराटार, बैधेगाउँ, ढुङगेधाराका विपन्न तथा मजदुर परिवारलाई ५०० बोरा चामल, तेल, नुनलगायतका वस्तु सहयोग गरेको आरआरएनका अध्यक्ष हरि तामाङले जानकारी दिए। प्रतिघर एक बोरा चामल, एक किलो नुन र एक लिटर तेल उपलब्ध गराएको छ। 

त्यस्तै गरी आरआरएनले खाँदबारी नगरपालिकालाई ३५० बोरा र जिल्ला समन्वय समितिलाई ३५० बोरा चामल उपलब्ध गराएको अध्यक्ष तामाङले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.