|

काठमाडौं : लोकप्रिय गायक खुमन अधिकारीको यस वर्षको तीज गीत सार्वजनिक भएको छ। अधिकारीले यस वर्ष ‘कहिलेकाहीँ त भेटम न सानु’ बोलको तीज गीत ल्याएका हुन्। गीतमा खुमनलाई लोकप्रिय गायिक शान्ति श्री परियारले स्वरमा साथ दिएकी छन्।

गायक अधिकारीकै संगीत रहेको उक्त गीतको शब्द भने बैकुण्ठ महतले लेखेका हुन्। यो गीतमा अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका बारण भेट हुन नपाएकमाहरुलाई लक्षित गरेर ल्याइएको छ। उक्त गीतको भिडियोमा अधिकारी आफैँ र अञ्जली अधिकारी रहेकी छन्। गीतको भिडियोलाई स्मृती तिमिल्सैना गुरुआमाले निर्देशन गरेकी छन्।

भिडियो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.