|

काठमाडौं :  चर्चित गायक संगीतकार राजन राज सिवाकोटी र चर्चित गायिका मिलन नेवारले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन्। 'तिमी उता म यता' बोल को यस गीतमा शब्द संगीत राजन राज शिवाकोटीको रहेको छ, भने गायिका मिलन नेवारसँग युगल गायनका रुपमा राजन आफैँ अभिनयमा देखा परेका छन।

केही दिनअघि दक्षिणकालीमा छायांकन भएको यो गीतमा लामो समयसम्म एक–आपसमा भेटघाट हुन नपाउँदाको अवस्थाको पीडा र भेट हुने आशा सहितको भावनालाई व्यक्त गरिएको छ। भिडियोमा नायक नायिका को छोरी को रूपमा राजनका कान्छी छोरी आरीश्मा शिवाकोटीको पनि अभिनय रहेको छ।

 भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् भने उत्सव दाहालले यसलाई छायांकन गरेका हुन्। यसअघी राजन र मिलन ले संयुक्त रुपमा चरीले काफल टिप्यो , ठेकीमा दही ,गुलेलिले हान्दिऊँ कि बोलका गीत बजारमा ल्याएका छन्।

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.