|

बैतडी : बैतडीको क्‍वारेन्टाइनमा खाना बनाउने एक भान्सेको कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ । जगन्नाथ बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा खाना पकाउने दशरथचन्द नगरपालिका ६ का ५३ वर्षीय मृतक मोहनसिंह पेलाको पिसिआर जाँच गरिएको हो। 

धनगढी प्रयोगशालामा आज गरिएको परिक्षणमा पेलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवनप्रसाद जोशीले जानकारी दिए। शनिबार घरमै एक्कासि बिरामी भएर अस्पताल ल्याउँदै गर्दा बाटोमा उनको मृत्यु भएको थियो । परिवारले आइतबार उनको दाहसंस्कार गरिसकेका छन् । 

पेलाले २ महिनादेखि जगन्नाथ बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा भान्सेको काम गरेका थिए ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.