म्यानचेस्टर युनाइटेड, चेल्सी, आर्सनल र म्यानचेस्टर सिटीबीच भीडन्त

|

एजेन्सी : विश्वको सर्वाधिक पुरानो इङ्ग्लिस फुटबल प्रतियोगिता एफए कपको यो सिजनको सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनल समीकरण पूरा भएसँगै भिडन्त रोचक बन्ने पक्का भएकाे छ। प्रतियोगितामा म्यानचेस्टर युनाइटेड, चेल्सी, आर्सनल र म्यानचेस्टर सिटीले शीर्ष चारमा स्थान बनाएका छन्।

प्रतियोगिताको चारै सेमिफाइनल इंग्ल्याण्डको वेम्बली मैदानमा हुने छ। साथै प्रतियोगिताको फाइनल १ अगस्टमा यही मैदानमा हुनेछ। पहिलो सेमिफाइनलमा युनाइटेडले चेल्सीको सामना गर्दा अर्को सेमिफाइनलमा सिटी र आर्सनल एक अर्काविरुद्ध फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन्।

युनाइटेडकाे रेकर्ड : ३० औं पटक सेमिफाइनलमा

१२ पटकको च्याम्पियन म्यानचेस्टर युनाइटेड एतिहासिक ३० औं पटक सेमिफाइनलमा स्थान बनाएकाे छ। युनाइटेडले नर्विच सिटीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। सर्वाधिक १३ पटक च्याम्पियन बनेको आर्सनलले २९ औं पटक सेमिफाइनलमा स्थान पक्का गरेकाे हाे। 

साविक विजेता सिटीलाई मौका

अघिल्लो पटकको च्याम्पियन म्यानचेस्टर सिटीले यो पटक प्रतिष्ठित इङ्ग्लिस प्रिमियर लिग गुमाइसकेको छ। त्यसैले पनि उसका लागि एफ ए कप जित्नुपर्ने दबाब हुन्छ। तुलनात्मक रुपमा बलियो मानिएको सिटीले आर्सनलसँग खेल्दै छ। १९ जुलाईमा यी दुईबीच फाइनल प्रवेशका लागि खेल हुनेछ। सिटीले ६ पटक उपाधि जितेको छ। युनाइटेडसँग प्रतिस्पर्धाको तयारी गरेको चेल्सीले ८ पटक उपाधि जितेको छ।

प्रतियोगितामा सिटीले आइतबार न्यु क्यासललाई २–० ले हराएकाे छ। आर्सनलले सेफिल्ड युनाइटेडलाई २–१ ले पराजित गरेको थियो। जहाँ चेल्सीले लेस्टर सिटीलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.