|

काठमाडौं : देशभर यतिबेला रोपाइँको चटारो छ। विगतको तुलनमा पर्याप्त वर्षा भएसँगै देशैभर धान रोपाइँ उत्साहजनक भइरहेको छ। कोरोना कहरको बाबजुद किसानहरु वर्षभरि खाने धान रोपाइँमा व्यस्त छन्। आज सोमबार मध्य असार, अर्थात् १५ गते। सरकारले यस दिनलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको रुपमा लिएको छ। 

कोरोना संक्रममणबाट बच्न सरकारले लगाएको लकडाउन कायमै छ। २५ जनाभन्दा बढीको समूहमा नरहन भनिएको छ। तर यसको प्रभाव रोपाइँमा देखिएन। किसानहरु लकडाउन र कोरोना संक्रमणको पर्वाहबिना निर्बाध धान रोप्न व्यस्त देखिन्थे। काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पनि आज धान रोपाइँ भएका छन्। असार लागेसँगै सुरु भएको रोपाइँ अहिले चलिरहेको छ। 

काठमाडौंको टोखा नगरपालिकामा भइरहेको रोपाइँका केही दृश्य

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.