|

इनरुवा : जिल्ला अदालत सुनसरीका न्यायाधीशका सुरक्षार्ड खटिएका प्रहरी हवल्दार ओम प्रसाद खतिवडाले आफैले गोली हानेर आत्महत्याग गरेका छन्।

जिल्ला अदालतका ४ नम्बर इजलासका न्यायाधीश शंकर राईको सुरक्षार्थ खटिएका बडीगार्ड खतिवडाले आफैंलाई गोली हानेका हुन् ।

जिल्ला प्रहरी सुनसरीका प्रमुख कमल थापाका अनुसार खतिवडाले आफैँले बोकेको पेस्तोलले दाहिने कन्चटमा सोमबार साँझ ७ बजे गोली हानेका थिए।  गोली लागेर घाइते खतिवडाको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थापाले बताए।

'बेलुका साढे सात बजेतिर आफैंले आफैंलाई गोली हानेको रहेछ', प्रमुख थापाले भने 'उद्धार गरेर उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमामा ९ बजे मृत्यु भएको हो ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.