|

काठमाडौं : कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप फुटबल एक वर्षका लागि सरेको छ। अब साफ च्याम्पियनसिप २०२१ मा हुने भएको हो।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप एक वर्षपछि आयोजना गर्ने निर्णय गरेको हो। यसै वर्षको सेप्टेम्बरमा बंगलादेशमा प्रतियोगिता हुँदै थियो।

२०१८ मा बंगलादेशमै भएको साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको थियो। त्यो प्रतियोगितामा  नेपाल माल्दिभ्ससँग पराजित हुँदै प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.