|

तनहुँ : भारतबाट बाबुआमासँगै फर्किएकी एक किशोरीमा कोरोना संक्रमण देखिएपछि उनका बुवाआमा पनि उनीसँग आइसोलेसनमा बसेका छन्।

सत्यवती माध्यमिक विद्यालय दमौलीको क्वारेन्टाइनमा बसेकी व्यास नगरपालिका–११ की १४ वर्षीया किशोरीमा गत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो। उनी भारतबाट आएपछि दुई सातादेखि बाबुआमासँगै क्वारेन्टाइनमा बसेकी थिइन्। बाबुआमाको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ।

किशोरीलाई संक्रमण देखिएपछि आइसोलेसनमा लगिएको तर बुवाआमाले छोरीलाई एक्लै छाठ्न नमानेपछि तीनजना नै आइसोलेसनमा राखिएको व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए।

सोतीले भने, ‘छोरीलाई एक्लै नछाड्ने भनेर बाबुआमा दुवै नै जाने इच्छा गरेपछि अनुमति बाध्य भएका छौं।’ बाबु वा आमामध्ये एक मात्र जान पाउने भनेर सुझाउँदा समेत नमानेपछि तीनै जनालाई व्यास–१ स्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशनमा राखिएको छ।

कोठा एउटै भए पनि संक्रमित र गैरसंक्रमितलाई अलग्गै बस्नुपर्ने र एक अर्कालाई नछुनका लागि सचेत गराइएको उनले बताए। ‘छोरीको सुरक्षा र स्याहारका लागि आमाबाबुसँगै रहने भनेपछि हामीले सकारात्मक रुपमा लिएका छौं,’ सोतीले भने, ‘तर संक्रमण फैलन नदिनका लागि सचेत रहन सुझाएका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.