डडेल्धुरा : सुदूरपश्चिमका किसान यतिबेला खेतमा धान रोप्न व्यस्त छन्। मानो रोपेर मुरी उब्जाउने परिश्रमीहरू खते जोत्ने, आली लगाउने, हिल्याउने, सम्याउने र रोप्ने चटारोमा छन्।
खासै यान्त्रिकीकरण नभएको नेपालमा कृषिकर्म सामूहिक श्रममा निर्भर गर्छ। अहिले धान रोपाइँ भइरहेका खेतमा यस्तै लोभ लाग्दो सामूहिकता देखिन्छ। रोपाइँ हेर्न किसानसँगै खेतबारीमा गएकाहरू पनि यो सामूहिकतामा निकै रमाइरहेका छन्।
यसपटक कोरोना महामारीले यस्तो सामूहिकतालाई केही असर गरेको छ, तर रोगभन्दा पनि भोकको चिन्ता बढी हुने भएकाले गाँसको जोहो गर्न खेतबारीमा जानैपर्छ।
सुदूरपश्चिम प्रदेशमा एक लाख ८१ हजार ६०४ हेक्टर जमिनमा धानखेती हुँदै आएको छ। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकाअनुसार अहिलेसम्म प्रदेशभर ९० हजार १५६ हेक्टरमा रोपाइँ भइसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।