क्वारेन्टाइनमा खटिएका थिए

|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा कार्यरत थप दुई जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। बाजुरामा कार्यरत दुई प्रहरीमा कोरोना पुष्टि भएको हो।

दुई प्रहरी जवानमा कोरोना संक्रमण देखिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले जानकारी दिए।

उनका अनुसार संक्रमण पुष्टि भएका प्रहरी क्वारेन्टाइनमा खटिएका थिए। दुवै प्रहरी जवानको सम्बन्धित जिल्लाको आइसोलेसनमा राखेर उपचार भइरहेको उनले बताए।

यसअघि कञ्चनपुरका तीन, बाजुरा र अछामका एक–एक जना प्रहरीमा कोरोना पुष्टि भएको थियो। कञ्चनपुरका संक्रमित प्रहरी गड्डाचौकीमा भारतबाट आउने नेपालीहरूको समन्वयका लागि र क्वारेन्टाइन सुरक्षार्थ खटिएका थिए।

अछाम र बाजुराका संक्रमित प्रहरी भने क्वारेन्टाइनमा खटिएका थिए। सुदूरपश्चिममा अहिलेसम्म एक प्रहरी सहायक निरीक्षक, एक हवल्दार र पाँच जना प्रहरी जवान गरी सात प्रहरीमा कोरोना पुष्टि भएको छ। तीमध्ये चार जनाले कोरोना जितिसकेको डिआइजी सुवेदीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.