|

काठमाडौं : जनता समाजवादी पार्टीले नागरिकता विधेयकमा विभेदकारी व्यवस्था कायमै रहेको भन्दै आज विरोध प्रदर्शन गरेको छ। मंगलबार काठमाडौंको माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म प्रदर्शन प्रदर्शन गर्दै नागरिकता विधेयकमा छोरा र छोरीबीच विभेद अन्त्य गर्न जसपाले माग गरेको छ।  

विदेशबाट बिहे गरेर नेपाल ल्याएकी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता प्रदान गरिने तर नेपाली युवतीसँग विवाह गरेर नेपालमै बस्न चाहने युवकको लागि व्यवस्था नभएको भन्दै विरोध प्रदर्शन भएको हो।    नागरिकता विधेयकमा जनता समाजवादी पार्टी र कांग्रेसले यसअघि भएको व्यवस्थालाई नै कायम राख्न सरकारलाई दबाब दिइरहेका छन्।

सत्तारुढ दल नेकपाले विदेशी महिला नेपाली पुरुषसँग विवाह गरेर आएको ७ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था गर्न निर्णय गरिसकेको छ। नागरिकता विधेयक संसदमा छलफलको लागि पेश भइसकेको छ। विरोध प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव लगायतका नेताहरु पनि सहभागी थिए। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.