सम्झौता भए नेपाली भूमिमा अमेरिकी सेनाले परेड खेल्ने चेतावनी

|

धनकुटा : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजीको माग गर्दै नागरिक समाज धनकुटाले मंगलबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ। एमसीसी देश र जनताको हितविपरीत ठहर गर्दै धनकुटामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको हो।

सम्झौता खारेज नभएमा नेपाली भूमिमा अमेरिकी सेना परेड खेल्ने स्थिति आउने भन्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन्। नागरिक समाज धनकुटाले प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीलाई ज्ञापनपत्र बुझाएको हो। नेपालको राष्ट्रियता नै धरापमा राखेर नेपाली जनताले एमसिसी स्विकार गर्न नसक्ने भन्दै नागरिक समाज धनकुटाले सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराएको छ। सम्झौता राष्ट्रघाती भएकाले खारेज गर्नुपर्ने माग गरिएको नागरिक समाज धनकुटाका सुन्दरबाबु श्रेष्ठले बताए।

ज्ञापनपत्रमा देश बेच्ने अधिकार कसैको नभएको, अमेरिकी सैन्य गठबन्धन तथा वैदेशिक हस्तक्षेप सह्य नभएको र यो सम्झौता कुनै हालतमा खारेज गर्नुपर्ने उल्लेख गरिएको छ। नागरिक समाज धनकुटाको अगुवाइमा स्थानीय मदनचोकबाट सुरु भएको ¥यालीले चुवाको बोट, परिचय मोड, बीच बजार, भीमसेन थान, भीमनारायण चोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएको थियो।

‘सहभागीले राष्ट्रघाती सम्झौता खारेज गर’, ‘तेरो सहयोग चाहिँदैन’, ‘बुटले कुल्चन पाइँदैन’, ‘हाम्रो माटो हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘देश बेच्न पाइँदैन, ‘लेण्डुप नेता चाहिँदैन,’ नो एमसिसि, ‘गो ब्याक अमेरिका’जस्ता प्लेकार्ड बोकेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.