|

दैलेख : कर्णाली प्रदेशका १० जिल्लामा मंगलबारसम्म कोरोना पुष्टि भएका १ हजार ४ सय ४३ जनामध्ये १ हजार ७२ जना डिस्चार्ज भएका छन्। प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार मंगलबारसम्म यो संख्यामा संक्रमितहरु डिस्चार्ज भएका हुन्। 

महाशाखा प्रमुख लक्ष्मी नारायण तिवारीको हस्ताक्षर रहेको विज्ञप्तिमा यसबारे उल्लेख छ। विज्ञप्तिअनुसार मंगलबारसम्म ३ सय ६५ कोरोना संक्रमित आइसोलेसनमा छन् भने मंगलबार नै थप १६ जनामा कोरोना पुष्टि भएको छ। योसँगै प्रदेशभरि संक्रमितको संख्या १ हजार ४ सय ४३ जना पुगेका छन्। 

मंगलबार कोरोना पुष्टि हुनेहरुमा रुकुम पश्चिमका ८ जना, दैलेखका ३ जना, बाँकेका १ जना, डोल्पाका २ र कालिकोटका २ जना छन्। त्यस्तै मंगलबार डिस्चार्ज हुनेमा दैलेखका ६१ जना, सुर्खेतका ९ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना गरी ७१ जना छन्। 

कर्णाली कोरोनाको केन्द्र बन्दै गएको दैलेखमा मंगलबारसम्म संक्रमित संख्या ७ सय ७० पुगेको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए। दैलेखका ७ सय ७० जना संक्रमितमध्ये ६ सय ५० जना डिस्चार्ज भएका छन्। कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ जना पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.