जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)ले आज जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ।
सरकारले ल्याएको नागरिकता विधेयक मधेसविरोधी भएको भन्दै प्रधानम्नत्री ओलीको पुतला दहन गरिएको हो। पुतला जलाउन खोज्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो। यद्यपि ठूलो संख्यामा रहेका जसपाका नेता तथा कार्यकर्ताले पुतला जलाएर छाडेका थिए।
विधेयकमा नेपालीसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षपछि अंगीकृत नागरिकता पाउने प्रावधान छ। सो प्रावधान मधेसविरोधी रहेकाले स्वीकार गर्न नसक्ने भन्दै जसपा आन्दोलित बनेको छ। नागरिकता संशोधन विधेयक विरुद्ध जसपाले आज दिउँसो देशभरका मुख्य सहरमा देशभर प्रदर्शन गरेको थियो ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।