|

जुम्ला : पौडी खेल्ने क्रममा तिला नदिमा डुबेर एक जना बालकको मृत्यु भएको छ। तिला गाउँपालिका–४ रावतवडाका १३  वर्षीय पारशनाथ यौगीको मृत्यु भएको हो।

तिलाको त्रिवेणी नजिकै रहेको तिला नदीमा पौडी खेल्न गएका पारशलाई उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइए पनि उपचारको क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय जुम्लाका  प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए। 

धामीका अनुसार घटनाको मुचुल्का तयार पारीको छ। शवको पोष्टमार्टम  बुधबार गरिने भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.