|

रुकुम पश्चिम : आठबिसकोट नगरपालिकाले टर्कीबाट खरिद गरेर किसानलाई वितरण गरेको ओखरका बिरुवा पाखोबारीमा फस्टाउन थालेका छन्।

नगरपालिकाको अनुदानमा प्राप्त भएका विभिन्न प्रजातिका ओखरका बिरुवा यति बेला किसानको पाखो जमिनमा फस्टाउन थालेका हुन्। किसानका बाँझो जमिन यति बेला ओखरका बिरुवाले भरिभराउ देखिएको छ।

नगरपालिकाले टर्कीबाट ४४ हजार ओखरका बिरुवाहरु खरिद गरेर किसानलाई वितरण गरेपछि नगरपालिकाभित्रका बाँझो जमिन अहिले ओखरका विरुवाले भरिएका हो। च्याटलर, फर्लरलगायत जातका ओखरका बेर्नाहरु फस्टाउन थालेपछि किसानलाई हौसला समेत मिलेको स्थानीय किसान शिवबहादुर शाहीले बताए। 

ती विरुवा टर्कीबाट नगरपालिकासम्म आइपुग्दा प्रतिविरुवा ३७० रुपैयाँ लागेको नगरप्रमुख गोर्खबहादुर केसीले बताए। किसानबाट एक बेर्नाका ५० रुपैयाँ लिइएको छ। यसपटक नगरपालिकाभित्रका किसानले ६४ हजार ओखरका बिरुवा माग गरेका थिए । तर, लकडाउनका कारण ४४ हजार ओखरका बिरुवा खरिद गरिएको र बाँकी २० हजार बेर्ना खरिद गर्न नसकिएको नगरपालिकाले बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.