|
फाइल फोटो

काठमाडाैं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सत्तारूढ दलको आन्तरिक विवादले बालुवाटारमा तमासा भएको बताएका छन्। थापाले आज ट्वीटरमा लेख्दै सरकार चलाउनेहरू जोगिन र आफ्ना जोगाउन व्यस्त रहेको बताएका हुन्। 

‘बालुवाटारमा तमासा छ,’ उनले लेखेका छन्, ‘सरकार चलाउनेहरू जोगिन र आफ्ना जोगाउन व्यस्त छन्।’ उनले नेकपा आन्तरिक विवादमा फसेको बेला सलह र कोरोनाको गति बढिरहेको उल्लेख उल्लेख गरेका छन्। 

‘न त सलह कीराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले । बरु यिनको त गति र प्रभाव बढ्दो छ।’ उनले लेखेका छन्। 
थापाले नेकपालाई कुरा सुन्ने र काम गर्ने सरकार दिन पनि आग्रह गरेका छन्। 

‘त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ। अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्’ थापाले भनेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.