|

काठमाडौं : अर्घाखाँचीका क्वारेन्टाइन बस्नेहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ। टिम नेपोले अर्घाखाँचीमा विभिन्न देशबाट आएर क्वारेन्टाइनमा बसेकाहरुलाई सहयोग गरेको हो।   
नेपोले जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक गणेश राज पौडेल, पालिका स्वास्थ्य प्रमुख शेष कान्त घिमिरे, लगायतले क्वारेन्टाइनमा रहेका र क्वारेन्टाइनमा बसेर घर जान लागेकाहरूलाई हातधुने तरिका, मास्क प्रयोग गर्ने विधि, मास्क, ग्लोभ्स लाई कसरी डिस्पोज गर्ने, सामाजिक दुरी कसरी कायम गर्ने लगायत स्वास्थ्य सम्बन्धि जानकारी  गराए। 

जनचेतनाकै बीच टिम नेपोले स्वाब परीक्षणका लागि आएकाहरुलाई साबुन, ब्रस मन्जन, मास्क, ग्लोब्स र सेनिटाइजर प्रदान गरेको थियो । नेपाेका अध्यक्ष निगम पौडेलले क्वारेन्टाइन र आइसोलेशन सेन्टरका लागि अत्यावश्यक औषधीहरु पनि हस्तान्तरण गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.