एकताबद्ध भएर अघि बढ्न भट्टराईको जोड

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबार छोटो समय बसेको स्थायी कमिटीको बैठकमा ५ जनाले आफ्नो धारणा राखेका छन्। उनीहरुले धारणा राखेपछि बैठक स्थगित भएको हो। 

बुधबारको बैठकमा स्थायी कमिटी सदस्यहरु लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राखेका छन्।  

बैठकमा लीलामणि पोखरेल, मातृका, एनके प्रसाई र पेशल खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गल्ती सच्याउन राजीनामा दिनुपर्नेमा जोड बताएका छन्। तर, पर्यटनमन्त्री योगेश भट्टराईले पार्टीभित्रका समस्या समाधान गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। 

प्रधानमन्त्रीको असार १४ गतेको अभिव्यक्ति र नेकपा एमाले पार्टी दर्ता आवेदनलाई लिएर नेकपामा रडाको मच्चिरहेको छ। यही बिषयलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत १७ जनाले मंगलबारको बैठकमा दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।

आजको बैठक छोटो समय बसेर सकिएको थियो। बुधबार बिहान निधन भएकी बागलुङकी सांसद ज्ञान कुमारी छन्त्यालको निधनमा प्रतिनिधिसभा बैठकमा शोक व्यक्त गर्नुपर्ने भएकाले बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.