|

काठमाडौं : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई नेताहरुले दुईमध्ये एक पद छाड्न दबाब दिएका छन्। बुधबार करिब एक घण्टा बसेको स्थायी कमिटी बैठकमा बोल्दै नेता लीलामणि पोखरेलले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्न सुझाव दिएका हुन्। 

सांसद दिलकुमारी छन्त्यालको निधनमा प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्न स्थायी कमिटी बैठक स्थगित हुनुअघि बोल्दै नेता पोखरेलले ओलीलाई दुवै पद चलाउन सक्षम नभएको बताए।

'तपाईंले दुवै पद चलाउन सक्षम हुनु भएन। प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एउटा पद छाड्नुस्', उनले भने, 'एउटा मात्रै पदमा रहेर काम गर्दा राम्रो पनि हुन्छ। एक व्यक्ति एक पदलाई लागु गरौं।'

अर्का नेता नन्दकुमार प्रसाईं र मातृका यादवले पनि यो तरिकाले पार्टी र सरकार दुवै नचल्ने बताएका थिए। उनीहरुले पनि ओलीमाथि दुईमध्ये एक पद छाड्न दबाब बढाएका छन्। 

पेशलले मागेनन् राजीनामा

अर्का स्थायी कमिटी सदस्य पेशल खतिवडाले भने ओलीको राजीनामा मागेनन्। बैठकमा बोल्ने क्रममा उनले पार्टी र सरकार सञ्चालनको तरिका भद्रगोल भएको बताएका थिए।

'यसरी त हुँदै भएन, अब पार्टी पनि विधि र पद्धति अनुसार चलाउनुपर्यो', उनले भने, 'पद्धति र विधि अनुसार पार्टी र सरकार दुवै चलेन। विधि अनुसार चलाउनुस् नत्र भद्रगोल हुन्छ। आफूलाई सच्याएर अघि बढ्नुस्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.