|

पर्वत : गण्डकी प्रदेशमा (कोभिड १९) कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या बुधबार १ हजारभन्दा माथि पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माले बुधबार दुई पटक जारी गरेर सङ्क्रमितहरूको कुल सङ्ख्या १ हजार ६ पुगेको जानकारी दिएका छन्।

दोस्रो पटक जारी गरिएको विज्ञप्ति अनुसार ४ जिल्लाका १४ जनामा सङ्क्रमण रहेको पुष्टि भएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका ४४, २९ र २६ वर्ष उमेरका ३ जना पुरुषमा सङ्क्रमण रहेको पाइएको छ।

लमजुङको सुन्दरबजार नगरपालिकाका ५५ वर्षीय १ जना पुरुष, राईनाश गाउँपालिकाका २७ वर्षीय १ जना पुरुष, दुधपोखरी गाउँपालिकाका ४२ र ४० वर्ष उमेरका २ जना पुरुष, बेशीशहर नगरपालिकाका २७ र २६ वर्ष उमेरका २ जना पुरुष तथा क्वोलोसाथर गाउँपालिकाका १ जना ३४ वर्षीय पुरुष गरी ७ जनामा सङ्क्रमण देखिएको छ।

तनहुँको भानु नगरपालिका घर भई लमजुङमा कार्यरत १ जना ३० वर्षीय र बारा जिल्लाको कोल्हबी घर भई लमजुङमै कार्यरत अर्का १ जना २७ वर्षीय गरी २ जना कर्मचारीमा पनि सङ्क्रमण रहेको पुष्टि डा. शर्माले गरेका छन्। गण्डकी प्रदेश बाहिर उनीहरूको घर भएका कारण गण्डकी प्रदेशका कुल सङ्क्रमितको सङ्ख्यामा उनीहरूको गणना गरिएको छैन। भरतपुर अस्पतालको ल्याबमा गरिएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिकाका १ जना ४० वर्षीय पुरुषमा सङ्क्रमण रहेको पुष्टि भएको छ।

सम्बन्धित जिल्लाका क्वारेनटाइन तथा होम क्वारेनटाइनमा रहेका उनीहरूलाई सम्बन्धित जिल्लाकै आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

बुधबार बिहान जारी गरिएको पहिलो विज्ञप्तिमा नयाँ १७ जनामा सङ्क्रमणको पुष्टि रहेको जानकारी दिइएको थियो। उनीहरू तनहुँको व्यास नगरपालिकाका ३ पुरुष र २ महिला गरी ५ जना, स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ जना पुरुष, लमजुङको बेसीशहर नगरपालिकाका १ जना पुरुष, मस्र्याङ्दी गाउँपालिकाका १ जना पुरुष तथा मध्यनेपाल नगरपालिकाका १ जना पुरुष गरी ४ जना रहेका थिए। यस्तै कास्कीको मादी गाउँपालिकाका १ जना पुरुष तथा पोखरा महानगरपालिकाका ६ जना पुरुष र १ जना महिला गरी ७ जनामा पनि बुधबार बिहान नै सङ्क्रमण भएको पुष्टि भएको थियो।

गण्डकी प्रदेशमा कोरोना निको हुनेहरूको सङ्ख्या २ सय ८७ पुगेको छ। पछिल्लो पटक निको भई घर फर्किनेहरूमा बागलुङका ६८ जना, गोरखाका ३ जना र लमजुङका २ जना रहेका छन्। उनीहरूलाई समेबार डिस्चार्ज गरिएको डा. शर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.