काठमाडौं : काठमाडौं उपत्यकामा प्रवेश गरेको सलह कीरालाई नियन्त्रण लिएर वडा कार्यालयमा बुझाएमा ललितपुर महानगरपालिकाले रकम दिने भएको छ। महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै संघीय सरकारको नियमानुसार सलह नियन्त्रणमा लिइ बुझाएमा प्रोत्साहन स्वरुप रकम उपलब्ध गराउने जनाएको छ।
धानबालीको बिउ, तरकारीको बाली तथा अन्य बालीको बचावटको लागि झुल वा जालीले छोप्ने र आफ्नो आसपासका क्षेत्रहरुमा ठूलो ध्वनि निकालेर बजाउने,' विज्ञप्तिमा भनिएको छ,' संकलन गरेर नष्ट गर्ने, दुईतिर बसेर लामो डोरी समाएर हल्लाउने, धुवाँको प्रयोग गरी बचाउने।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।