|

गोरखा : टिपरले ठक्कर दिँदा नेपाली सेनाका चारजना जवान घाइते भएका छन्। नेपाली सेनाको गाडीलाई बुधबार साँझ साढे ५ बजेतिर मझुवा चेक प्वाइन्टबाट फर्किँदै गरेको बा १ झ ५८०० नम्बरको सेनाको भ्यानलाई विपरीत दिशाबाट गएको लु १ क ३८४६ नम्बरको टिपरले गोरखा नगरपालिका-११ को १५ किलो घुम्तीमा ठक्कर दिँदा सेनाका चारजना घाइते भएका हुन् । 

घाइतेहरू सबैलाई गोरखा अस्पताल ल्याइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले जानकारी दिए। ‘घाइते सबैलाई उपचारका लागि अस्पताल पठाएर टिपर र त्यसको चालकलाई नियन्त्रणमा लिएका छौँ,’ उनले भने। 

घुम्तीमा पनि चालकले असावधानीपूर्वक चलाएको टिपरले सेना सवार गाडीलाई ठक्कर दिएको प्रारम्भिक अनुमान गरिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.