सबै बनगाड कुपिण्डेका

|

सल्यान : बुधबार तीन महिने बच्चासहित जिल्लाका १५ जनामा कोरोना संक्रमण पाइएको छ। प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो। 
संक्रमित सबै बनगाड कुपिण्डे नगरपालिकाका हुन्।

वडा न १ का ३५ वर्षीय पुरुष, वडा न २ का ३ महिना, २१ र २७ वर्षका पुरुष, १९ र २७ वर्षीया महिला, वडा न ३ का १८, २१, ३८, ५१, ५९ वर्षका पुरुष छन्। यस्तै वडा न ७ का १९, २१ वर्षका पुरुष र १८ वर्षीया महिला रहेका सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

बुधबार थपिएका सबै क्वारेनटाइनमा रहेका र नगरपालिकामा रहेको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ। बुधबार थपिएका १५ जनासँगै सल्यानमा संक्रमित संख्या २ सय २२ पुगेको छ । सबैभन्दा धेरै बनगाड कुपिण्डे नगरपालिकाका १६४ जना रहेका छन् । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.