|

काठमाडौ‌ं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना भएपछि शिर्ष नेताहरु छलफलमा जुटेका छन्। 

बुधबारसाँझ आफु निकटसँग छलफल गरेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज प्रधानमन्त्री ओली निकटका नेताहरुसँग छलफल गरिरहेका छन्। 

ओली निकटका नेताहरुलाई आफ्नै निवास खुमलटार बोलाएर अध्यक्ष दाहालले छलफल सुरु गरेको प्रचण्डको सचिवालयले जनाएको छ। ​ ओलीपक्षबाट छलफलका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, विष्णु रिमाल, सुवास नेम्वाङलगायत सहभागी छन्। 

प्रधानमन्त्री एकलौटी ढंगले चलेको भन्दै अध्यक्ष दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम प्रवक्ता नारयणकाजी श्रेष्ठलगायत नेताहरुले प्रधानमन्त्री ओलीको दुवै पदबाट राजीनामा माग गरेका थिए। 

बुधबारसाँझ अध्यक्ष दाहाल नेपाल समूहले  आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका थिए। सो बैठकमा स्थायी कमिटीको ६ सहित ३० बढी स्थायी कमिटीका सदस्यको उपस्थिती थियो।  ललितपुरको झम्सिखेलमा भएको भेलालाई प्रधानमन्त्रीलाई दुवै पदबाट राजीनामा दिन लगाउन दबाव दिने निष्कर्ष निकालेको थियो। बुधबार बिहान प्रधानमन्त्री ओली आफू निकटका केही मन्त्री र स्थायी कमिटी सदस्यहरुसँग परामर्श लिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.